राहुल गान्धी ट्रक चढेर पुगे चण्डीगढ « Khabarhub

राहुल गान्धी ट्रक चढेर पुगे चण्डीगढ


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – कांग्रेस आईका नेता राहुल गान्धी ट्रकमा चढेर दिल्लीबाट चण्डीगढ पुगेका छन्।

उनले सो क्रममा ट्रक ड्राइभरसँग कुराकानीसमेत गरेका छन्। यसै क्रममा उनले ट्रक ड्राइभरको मुद्दा र समस्याका बारेमा जानकारी लिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। अहिले उनले ट्रक यात्रा गरेको भिडियो भाइरल भएको छ।

कर्नाटक बिद्यानसभा निर्वाचनको जीत पछि उनी ट्रकको यात्रामा निस्केको तस्बिरहरू सार्वजनिक भएका हुन्। कर्नाटक निर्वाचन पछि उनले प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भनिएको संसद भवनको उद्घाटन प्रति उनले आपत्ति जनाएका छन्।

उनले सो संसद भवनको उद्घाटन राष्ट्रपतिको हातबाट गर्नुपर्ने माग राख्दै आएका छन्। हालै सो संसद भवनको निर्माण कार्य पुरा भएको थियो, सावरकर जयन्तीको अवसरमा २८ मेमा सो नयाँ संसद भवनको उद्घाटन गर्ने जनाइएको छ।

लोकसभाका सभामुख ओम बिरलाले २८ मेमा मोदीले सो संसद भवन उद्घाटन गर्ने जानकारी यसअघि नै गराइसकेका छन्।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  १० : ०६ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।