राष्ट्रियसभा बैठक : मनसुनजन्य दुर्घटना न्यूनिकरणतर्फ सरकारको ध्यानाकर्षण | Khabarhub Khabarhub

राष्ट्रियसभा बैठक : मनसुनजन्य दुर्घटना न्यूनिकरणतर्फ सरकारको ध्यानाकर्षण


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यसवर्षको मनसुन सुरु हुन लागेसँगै मनसुनजन्य दुर्घटनाको न्यूनिकरणमा समयमै सरकारको ध्यान जानुपर्नेमा सदनमा आवाज उठेको छ ।  राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद इन्दिरादेवी गौतमले विपद्जन्य घटना हुनै नदिनेतर्फ सरकारको ध्यानाकर्षण गराए । 

उनले भनिन् ‘मनसुन सक्रिय हुन थालेपछि पहाडमा पहिरो र बाढी तथा तराईमा डुबान हुने भएकाले धेरै जनता त्रसित छन् । यसबाट धनजनको ठूलो क्षति हुने भएकाले यसतर्फ सरकारले बेलैमा ध्यान दिनुपर्छ । घटना घटेपछि भन्दा पनि घटना हुनै नदिनेतर्फ सरकारले ध्यान देओस् ।’

सांसद गंगाकुमारी बेल्बासेले पेट्रोलियम पदार्थको मूल्य घटेपनि खाद्य वस्तुको मूल्य नघटेकातर्फ सरकारको ध्यानाकर्षण गराउँदै बजार अनुगमनलाई प्रभावकारी बनाउन माग गरेकी छन् । 

सांसद तारामान स्वाँरले बैतडीको पुर्चौडीसिगास गाउँपालिकामा नेपाल टेलिकमको मोबाइल सेवा सञ्चालन नहुँदा स्थानीय सञ्चार सुविधाबाट वञ्चित भएका भन्दै त्यसक्षेत्रमा उपयुक्त स्थानमा टेलिफोन टावर निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए । 

सांसद मायाप्रसाद शर्माले कर्णालीको जाजरकोटलगायतका धेरै ठाउँमा गाईगोरु र बाख्रामा नयाँ खालका रोग लागेकाले सो रोग नियन्त्रण गर्न सरकारले ध्यान दिनुपर्ने बताइन् । सांसद विमला घिमिरेले एक सातादेखि उखुको भुक्तानी माग गर्दै माइतीघरमा धर्नामा बसेका कपिलवस्तुका किसानका समस्या तत्काल सम्बोधन गर्न माग गरिन् । 

सांसद शारदादेवी भट्टले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याउन माग गरिन् । उनले अन्य भ्रष्टाचारसम्बन्धी घटनाको पनि अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराइन् । 

सांसद सुमित्रा विसीले नक्कली शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गर्न माग गरिन् । 

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  १ : ४४ बजे

कांग्रेसको दाबी : समिति बनाउन प्रधानमन्त्री तयार, सत्तापक्षसँग छलफल गर्ने 

काठमाडौं– नेपाली कांग्रेसले संसद्‌मा उठाएको गृहमन्त्री रवि लामिछानेमाथिको छानबिन समिति

कांग्रेससँग छलफल सकेर प्रधानमन्त्री पेरिसडाँडामा 

काठमाडौं– सदन खुलाउने विषयमा कांग्रेस नेताहरूसँग छलफल गरेर प्रधानमन्त्री कोटेश्वर

मधेस प्रदेशमा साना दल ‘निर्णायक’ हुँदा ठूला दल निरीह

जनकपुरधाम — मधेश प्रदेश सरकारबाट हटेका नेकपा (माओवादी केन्द्र) र

आवश्यकताका आधारमा समाजवादी कार्यक्रम अघि सार्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले

टेक्सासमा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या सात पुग्यो

काठमाडौं – टेक्सासको ह्युस्टन सहरमा खराब मौसमसँगै आएको आँधीका कारण