राष्ट्रियसभा बैठक : मनसुनजन्य दुर्घटना न्यूनिकरणतर्फ सरकारको ध्यानाकर्षण « Khabarhub

राष्ट्रियसभा बैठक : मनसुनजन्य दुर्घटना न्यूनिकरणतर्फ सरकारको ध्यानाकर्षण


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यसवर्षको मनसुन सुरु हुन लागेसँगै मनसुनजन्य दुर्घटनाको न्यूनिकरणमा समयमै सरकारको ध्यान जानुपर्नेमा सदनमा आवाज उठेको छ ।  राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद इन्दिरादेवी गौतमले विपद्जन्य घटना हुनै नदिनेतर्फ सरकारको ध्यानाकर्षण गराए । 

उनले भनिन् ‘मनसुन सक्रिय हुन थालेपछि पहाडमा पहिरो र बाढी तथा तराईमा डुबान हुने भएकाले धेरै जनता त्रसित छन् । यसबाट धनजनको ठूलो क्षति हुने भएकाले यसतर्फ सरकारले बेलैमा ध्यान दिनुपर्छ । घटना घटेपछि भन्दा पनि घटना हुनै नदिनेतर्फ सरकारले ध्यान देओस् ।’

सांसद गंगाकुमारी बेल्बासेले पेट्रोलियम पदार्थको मूल्य घटेपनि खाद्य वस्तुको मूल्य नघटेकातर्फ सरकारको ध्यानाकर्षण गराउँदै बजार अनुगमनलाई प्रभावकारी बनाउन माग गरेकी छन् । 

सांसद तारामान स्वाँरले बैतडीको पुर्चौडी र सिगास गाउँपालिकामा नेपाल टेलिकमको मोबाइल सेवा सञ्चालन नहुँदा स्थानीय सञ्चार सुविधाबाट वञ्चित भएका भन्दै त्यसक्षेत्रमा उपयुक्त स्थानमा टेलिफोन टावर निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए । 

सांसद मायाप्रसाद शर्माले कर्णालीको जाजरकोटलगायतका धेरै ठाउँमा गाईगोरु र बाख्रामा नयाँ खालका रोग लागेकाले सो रोग नियन्त्रण गर्न सरकारले ध्यान दिनुपर्ने बताइन् । सांसद विमला घिमिरेले एक सातादेखि उखुको भुक्तानी माग गर्दै माइतीघरमा धर्नामा बसेका कपिलवस्तुका किसानका समस्या तत्काल सम्बोधन गर्न माग गरिन् । 

सांसद शारदादेवी भट्टले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याउन माग गरिन् । उनले अन्य भ्रष्टाचारसम्बन्धी घटनाको पनि अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराइन् । 

सांसद सुमित्रा विसीले नक्कली शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गर्न माग गरिन् । 

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  १ : ४४ बजे

कांग्रेस महाधिवेशन: मतदानको समय ७ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

अचानक बिरामी भएका निश्कल अस्पतालबाटै माग्दैछन् भोट

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार निश्कल राई बिरामी परेका

मन्त्रीपरिषद्का चार निर्णय : अर्थक्वेक क्याटास्ट्रोफ बन्डदेखि खेलाडीलाई पुरस्कारसम्म

काठमाडौं– सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका

राष्ट्रिय ग्रिडको ‘हुइलिङ चार्ज’ शुल्क महँगो भएको इप्पानको निष्कर्ष, पुनरावलोकन गर्न माग

काठमाडौं– विद्युत नियमन आयोगले २०८३ असोज १५ गते सार्वजनिक गरेको