सम्पदा बस सेवा आजदेखि सञ्चालनमा  « Khabarhub

सम्पदा बस सेवा आजदेखि सञ्चालनमा 


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँमा मंगलबारदेखि सम्पदा यात्रा बस सेवा सञ्चालनमा आएको छ ।

काठमाडौँ उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले सरकारले सुरु गरिएको बस सेवाको ललितपुरको पुलचोकमा पर्यटनमन्त्री सुदन किराँतीले शुभारम्भ गरे ।

पुल्चोकस्थीत पर्यटक बसर्पाकपार्कबाट सुरु हुने सम्पदा यात्रा बस महाकाल मन्दिर, दरबारमार्ग, नारायणहिटी दरबार, स्वयम्भू लगायतका स्थान हुँदै पुन पुलचोकसम्म आउने छ । परीक्षणका रूपमा सुरु गरिएको सम्पदा यात्रा बसको यात्रा एक सातासम्मका लागि निःशुल्क गरिएको पर्यटनमन्त्री किराँतीले जानकारी दिए ।

उनले बागमती प्रदेशसम्म समन्वय गर्दै छिटै भाडा दर तय गरिने बताए। किराँतीले सम्पदा यात्रा बस सञ्चालन गर्न पनि निकै कठिन भएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।

सम्पदा घुम्ती सेवा अन्तर्गत पहिलो चरणमा साझा यातायातका दुई वटा विद्युतीय बस सञ्चालन हुनेछन् ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ४ : १८ बजे

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर