प्रतिनिधिसभा बैठक : नीति तथा कार्यक्रम कार्यान्वयनमा सहमति आवश्यक « Khabarhub

प्रतिनिधिसभा बैठक : नीति तथा कार्यक्रम कार्यान्वयनमा सहमति आवश्यक


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांसद सन्तोष चालिसेले वर्तमान आर्थिक संकट समाधानका लागि नीति तथा कार्यक्रम सफल बनाउनुपर्ने र यसका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रमको छलफलका क्रममा उनले नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिए । सांसद नागिना यादवले देशको आर्थिक विकासका लागि कृषि, पर्यटन, डिजिटल र हरित अर्थव्यवस्थाका क्षेत्रमा काम गर्दै नीति तथा कार्यक्रम सफल र सार्थक बनाउनुपर्नेमा जोड दिइन्  । 

सांसद उर्मिला माझीले नीति तथा कार्यक्रमको प्रस्तावनामा जनयुद्धको शब्द राखिनु सकारात्मक भएको प्रतिक्रिया दिइन् । सांसद मुक्ताकुमारी यादवले मधेस प्रदेशका किसानका लागि सिँचाइको व्यवस्था गर्न माग गर्दै नीति तथा कार्यक्रममा समर्थन जनाइन् ।

सांसद विमला सुवेदीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा समर्थन जनाउँदै कृषिलाई प्राथमिकतामा राख्नु सकारात्मक भएको दाबी गरिन् । सांसद रामकृष्ण यादव र ज्ञानु बस्नेत सुवेदीले सरकारको नीति तथा कार्यक्रममा समर्थन जनाउँदै कार्यान्वयनमा जोड दिए ।

सांसद हेमराज राईले नीति तथा कार्यक्रमले समाजमा धनी र गरिबबीचको वर्गीय खाडल अन्त्य गर्न चुकेको बताए । सांसद दामोदर भण्डारीले राष्ट्रिय मुद्दामा केन्द्रित नभएको भन्दै नीति तथा कार्यक्रमलाई समर्थन गर्न नसकिने स्पष्ट पारे । ‘यो नीति तथा कार्यक्रम समस्या समाधान गर्ने उद्देश्यबाट विमुख हुने देखिन्छ । तथ्य र तथ्यांकको जगमा भन्दा पनि काल्पनिक शब्द जालमा चित्रण गरिएको छ’, उनले भने । 

सांसद मानवीर राईले सरकारको नीति तथा कार्यक्रममा सत्तापक्षले प्रतिपक्षको सहमति लिन असफल हुँदा जलस्रोतको उपयोगसम्बन्धी नीति बनाउन चुकेको दाबी गरे । सांसद तारा लामा तामाङले सरकारले नीति तथा कार्यक्रमलाई समर्थन गर्न नसकिने बताइन् । 

सांसद रामनाथ अधिकारीले नीति तथा कार्यक्रममा समर्थन जनाउँदै यसको कार्यान्वयनमा सबैको सहमति आवश्यक रहेको बताए ।

सांसद मीना तामाङले प्रस्तुत नीति तथा कार्यक्रममा समर्थन जनाउँदै स्वदेशी उत्पादनलाई प्रोत्साहन, स्वास्थ्य र कृषिका विषयलाई प्राथमिकतासाथ कार्यान्वयन हुनुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ५ : ३७ बजे

लगानी बोर्डको बैठक: दुई जलविद्युत् परियोजनाका लागि करिब २१ अर्ब लगानी स्वीकृत

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको लगानी बोर्डको

मुगुम समाज कल्याण केन्द्रद्वारा विपद् प्रभावितका लागि ६ लाख सहयोग

काठमाडौं– मुगुम समाज कल्याण केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी न्यायाधीश पिल्लेलाई, ट्रम्पले किन पाएनन् ?

काठमाडौं- दक्षिण अफ्रिकी न्यायाधीश नवानेथेम ‘नभी’ पिल्लेलाई यस वर्षको नोबेल

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि