मधेसमा जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् पुनर्गठन | Khabarhub Khabarhub

मधेसमा जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् पुनर्गठन


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेश सरकारमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) सहभागी भएपछि मन्त्रिहरुको जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । 

मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले मन्त्रीहरूको जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । पुनर्गठित मन्त्रिपरिषद्मा मुख्यमन्त्री यादवलाई गृह, सञ्चार तथा कानुन, वन तथा वातावरण र श्रम तथा यातायात मन्त्रीको समेत जिम्मेवारी दिइएको छ । 

त्यसैगरी कृष्णप्रसाद यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, सञ्जयकुमार यादव अर्थ मन्त्रालय,  महेशप्रसाद यादव शिक्षा तथा समाज कल्याण मन्त्रालय, गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बसन्तकुमार कुसवाहा मन्त्री विनाविभागीय, सुरिताकुमारी साह मन्त्री विनाविभागीय, वीरेन्द्रप्रसाद सिंह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सिंगासन सा कलवार ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, सुनिता यादवलाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको छ । 

त्यस्तै शेख अबुल कलाम आजाद र सञ्जयकुमार यादवलाई विनाविभागीय राज्यमन्त्रीका रुपमा र रहबर अन्सारीलाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी दिइएको प्रदेश प्रमुखको कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

यसैबीच मुख्यमन्त्री सरोजकुमार यादवले केन्द्रीय सत्ता गठबन्धनका सबै दलहरुसँग छलफल जारी रहेकाले नमिलेका कुराहरु मिलाएर एक हप्ताभित्र सरकारले पूर्णता पाउने बताए । 

शपथग्रहणपछि सञ्चारकर्मीसँग मुख्यमन्त्री यादवले सत्ता गठबन्धनका शीर्ष नेताबीचको सहमतिअनुसार हाल कांग्रेस र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराइएको, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र विनाविभागीय मन्त्रीहरुको जिम्मेवारीका विषयमा सबै दलसँगको छलफलपछि टुंगोमा पुगिने जानकारी दिए । 

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ६ : ०५ बजे

के अब घरजग्गा व्यवसायीलाई हदबन्दी लागू हुँदैन ?

काठमाडौं– सरकारले पछिल्लो पटक २९ वटा ऐन संशोधन गर्नेगरी ल्याएको

कोशीविरुद्ध सहज जित निकाल्दै आर्मी सुपर फोरमा

काठमाडौं– विभागीय टोली त्रिभुवन आर्मी क्लबले पुनः जीत निकालेको छ

वैदेशिक रोजगारीमा ठगी, तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ३१ लाख ठगी

सैफअली खान अस्पतालबाट डिस्चार्ज, स्वास्थ्य अवस्था स्थिर

काठमाडौं– बलिउड अभिनेता सैफ अली खान लीलावती अस्पतालबाट डिस्चार्ज भएका

ट्रम्पका १० घोषणा : तेस्रो लिङ्गीको मान्यता खारेज, अवैध आप्रवासीलाई आपत्, अरु देशमाथि कर थोपर्ने

वासिङ्गट- अमेरिकाको ४७ औँ राष्ट्रपतिको शपथ लिएलगत्तै डोनाल्ड ट्रम्पले कयौँ