नांगो गाउँमा दयाहाङको नेता अवतार « Khabarhub

नांगो गाउँमा दयाहाङको नेता अवतार


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्म ‘नांगो गाउँ’ मा अभिनेता दयाहाङ राईले नेताका रुपमा अभिनय गरेका छन् । ३३ दिनमा छायांकन सकिएपछि फिल्म युनिटले दयाहाङको नेता अवतारको तस्वीर सार्वजनिक गरेको हो ।

फिल्मको छायांकन काभ्रेको बेथानचोक गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको छ । मनिषमा फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, विशाल पहाडी, अंकित खड्का, राज थापा, कमलमणि नेपाल, पुष्कर गुरुङ, घनुभाई जोशी, निमा पाण्डे लगायतका कलाकारको अभिनय छ ।

हिमाल शर्माको प्रस्तुतीमा तयार भएको फिल्ममा जय श्रेष्ठ निर्माताको रुपमा छन् । यो फिल्मलाई भदौको २९ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ । फिल्ममा आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन छ ।

यो फिल्मलाई लिएर देश तथा विदेशमा रहेका दर्शकमा प्रतीक्षा छ । त्यहीकारणले गर्दा पनि फिल्मको विदेश राइट्स बिक्री भैरहेको छ । निर्देशक लामाले निर्देशन गरेको ‘२ नम्बरी’ फिल्म गत वर्ष सुपरहिट भएको थियो ।

यस्तै, यो वर्ष आयोजना भएको ‘सिने सर्कल अवार्ड’ मा निर्देशक लामाले उत्कृष्ट निर्देशकको अवार्ड फिल्म ‘गोपि’ बाट प्राप्त गरेका थिए । फिल्म ‘नांगो गाउँ’लाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

 

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ६ : ०९ बजे

विपिनलाई सघाउँदै रञ्जुले पनि फिर्ता लिइन् उम्मेदवारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री रञ्जु दर्सनाले पनि उम्मेदवारी फिर्ता

रास्वपा महाधिवेशनमा रमेश प्रसाईंले नचाए सांसददेखि मन्त्रीलाई

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा राजनीतिक गतिविधिसँगै

पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान

बाँके– डुडुवा गाउँपालिका–६ बल्दीपुरुवाका नन्दराम मौरियाले व्यावसायिक रूपमा पिँडालुखेती गर्दै आएका

गणेश पराजुलीको टिप्पणी : साथीहरूले आफ्नो रुप र चरित्र देखाउनु भयो

काठमाडौं- महामन्त्री पदका लागि विपिन आचार्यलाई समर्थन गरेका नेता गणेश

रास्वपा महाधिवेशन लम्बिँदा शनिबार पनि बोलाइयो संसद् बैठक

काठमाडौं– प्रतिनिधिसभाको बैठक शुक्रबार पनि सूचना टाँसेर स्थगित गरिएको छ