व्यक्तिको कमजोरीलाई देखाएर व्यवस्थाको कमजोरी हो भन्नु गलत : सञ्चारमन्त्री शर्मा « Khabarhub

व्यक्तिको कमजोरीलाई देखाएर व्यवस्थाको कमजोरी हो भन्नु गलत : सञ्चारमन्त्री शर्मा


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यक्तिको कमजोरी व्यवस्थाको कमजोरी भएको बताएकी छिन् । दक्षिण एसियाको पहिलो सामुदायिक रेडियो सगरमाथा १०२ दशमलव ४ मेगाहर्जको २७औँ वार्षिक उत्सवको अवसरमा मन्त्री शर्माले व्यक्तिको कमजोरीलाई देखाएर व्यवस्थाको कमजोरी हो भन्नु गलत हुने बताइन् ।

“व्यक्तिको कमजोरी व्यवस्थाको कमजोरी होइन । व्यक्तिको कमजोरीलाई देखाएर व्यवस्थामाथि प्रहार हुनुहुँदैन । व्यक्ति र कमजोरी परिवर्तन गर्न सकिन्छ । यसका लागि सञ्चार माध्यम र राजनीतिकर्मीहरूको दायित्व साझा छ, राजनीतिक स्वतन्त्रताका लागि जे भनेर उपलब्धि प्राप्त गर्यौं, त्यो प्यारो छ”, उनले भनिन् । गणतन्त्रमा नागरिकले अनुभूत गर्न सक्ने गरी सेवा प्रवाह गर्नु नै महत्त्वपूर्ण हो भन्दै उनले भनिन्, “उपलब्धिको रक्षा हाम्रो दायित्व हो । गणतन्त्र, लोकतन्त्र र समावेशिताले ठूलो उपलब्धि हासिल गरेको छ । एलिट वर्गको सिन्डिकेट तोडिएको छ ।”

मन्त्री शर्माले रेडियो सगरमाथाले लोकप्रियता कायम गर्न सकेकोमा शुभकामना व्यक्त गर्दै यस सञ्चार माध्यमबाट सञ्चालित कार्यक्रमबाट धेरै लाभदायक भएको बताइन् । उनले सूचना र सञ्चारको भरपर्दो साधन रेडियोलाई दीगो बनाउन श्रोताको अपेक्षाअनुसार प्रतिस्पर्धी कार्यक्रम बनाउन आग्रह गर्दै नयाँ प्रविधिको विकासअनुसार अगाडि बढ्न सफलताको शुभकामना व्यक्त गरिन् ।

उनले रेडियोका कार्यक्रम सबैले सुन्न लायक भयो भने राम्रो हुने र लोकप्रिय हुने उल्लेख गरिन् । नयानब्बे वर्षीय अग्रज पत्रकार भैरव रिसालले रेडियो सगरमाथा भाग्ला है भनेर श्रोताले खबरदारी गर्नुपर्नेमा जोड दिए । सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्रालयका सचिव कृष्णबहादुर राउतले समाज विकासका लागि रेडियोले खेलेको भूमिका अतुलनीय भएको बताए ।

उनले भने, “रेडियो सगरमाथा सामुदायिक रेडियोमध्येको उत्कृष्ट रेडियो हो । सामुदायिक रेडियोको दीगोपनका लागि आमसञ्चार नीतिमा समेट्न प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।” ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले मिडियालाई नयाँ चुनौती रहेको बताइन् । उनले रेडियो सगरमाथालाई समुदायको आवाज बन्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दै सूचनाको हकसँग जोडिएर सूचना प्रवाह गर्न आग्रह गरिन् । शाक्यले सरकार र सञ्चार माध्यमको बीचमा समन्वय भएर नागरिकलाई सही सूचना प्रवाह गर्नुपर्नेमा जोड दिँदै सञ्चार क्षेत्र सेवाकालीन व्यवसाय भएकोले समुदायलाई हित हुने कार्यक्रम सञ्चालन गर्न जरुरी रहेकोमा जोड दिइन् ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामुदायिक रेडियोको समस्या धेरै भएको बताउँदै भइरहेका संरचना र नीति नियमबाट सामुदायिक रेडियो बचाउन के के गर्न सकिन्छ, त्यो गर्न काउन्सि तयार रहेको धारणा राखे । शिक्षा समन्वय एकाइ ललितपुरका प्रमुख निम सिंह राठौरले सकारात्मक किसिमका समाचार प्रसारण गरेर बालबालिकाको शैक्षिक र ज्ञानमूलक क्षमता अभिवृद्धि गर्न आग्रह गरे ।

सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवाले रेडियोको नेतृत्व र व्यवस्थापनमा महिला हुनु खुसीको कुरा भएको बताइन् । वार्षिकोत्सवमा मन्त्री शर्माले ९६ वर्षीय अग्रज पत्रकार रिसालसहित सगरमाथा रेडियो योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गरिन् । नेपाल वातावरण पत्रकार समूहद्वारा सञ्चालित दक्षिण एसियाको पहिलो सामुदायिक रेडियो सगरमाथा १०२ दशमलव ४ मेगाहर्ज विसं २०५४ साज जेठ ९ गतेदेखि सञ्चालन हुँदै आएको छ ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ६ : २४ बजे

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने