सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सातदोबाटो पराजित « Khabarhub

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सातदोबाटो पराजित


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एफसी खुमलटारले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा खुमलटारले सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । खुमलटारको जितमा मेसुके ओलुमोउले खेलको ३७ औँ मिनेटमा निर्णायक गोल गरेका थिए । जितसँगै खुमलटारले २० खेलमा २१ अङ्क जोडेको छ । समान खेल खेलेको सातदोबाटोको २९ अङ्क रहेको छ ।

त्यस्तै मंगलबार एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा पुलिसले थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्‍यो ।

पुलिसको जितमा अहमद हिजाजीले २८ औँ मिनेटमा निर्णायक गोल गरे । जितसँगै पुलिस २० खेलमा २५ अङ्क जोडेर आठौँ स्थानमा उक्लिएको छ । थ्री स्टार २० खेलमा २६ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ६ : ३४ बजे

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास