निजामती कर्मचारी अस्पताल स्तरोन्नति हुने « Khabarhub

निजामती कर्मचारी अस्पताल स्तरोन्नति हुने


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निजामती कर्मचारी अस्पताल स्तरोन्नति हुने भएको छ । अस्पतालले आज  आयोजना गरेको पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधि पौडेलले चाँडै नै दुई सय ५० शय्या सञ्चालन गरेर अस्पताललाई स्तरोन्नति गरिने जानकारी दिए । अस्पतालमा हाल एक सय ३२ शय्या सञ्चालन रहेको छ । 

‘सबै संरचना तयार भइसकेको छ । नयाँ जनशक्ति चाँडै परिपूर्ति गरेर अस्पताललाई दुई सय ५० शय्यामा सञ्चालन गर्ने छौँ’, उनले भने, ‘अस्पतालको स्तरोन्नतिसँगै सेवा पनि विस्तार गरिनेछ ।’ एक हप्ताभित्रमा उच्च प्रविधिको अत्याधुनिक ‘एमआरआई’सेवा सुरु गर्ने उहाँले जानकारी दिए ।

उनका अनुसार अत्याधुनिक एमआरआईले जटिल किसिमको रोगको पत्ता लगाउनका लागि परीक्षण गर्दछ । एमआरआईको प्रयोगबाट ब्रेन ट्युमर, पेट, नशा र जटिल  रोगको परीक्षण हुन्छ । उक्त एमआरआई उपकरणबाट शरिरको साना-साना नशा, सानो रगत नलि बन्द हुने, मुटुको एमाआइआई , पित्तनली भएका साना पत्थरी, हड्डी खिइएको जस्ता कुराका पत्ता लाग्ने छ । 

निजी अस्पतालमा उक्त सेवा भए पनि सरकारी अस्पतालमा पहिलो भएको उहाँको भनाइ रहेको छ । अस्पतालका निर्देशक डा पौडेलले एमआरआईमा हेलियस ग्याँस भरेपछि सञ्चालन गरिने बताए । २२ करोडमा खरिद गरिएको उक्त एमआरआई उपकरण दुई महिना अघि मात्र ल्याइएको छ । 

यसैगरी अस्पतालले क्यान्सरका बिरामीको उपचारका लागि रेडियोथेरापी उपकरणसमेत ल्याउन थालेको छ । यसैगरी अस्पतालले ब्याचलर अफ नर्सी एण्ड क्रिटीकल केयर विषयसमेत अध्ययन गराउने भएको छ । कार्यकारी निर्देशक डा पौडेलले यही जेठको अन्तिम सातादेखि २० जनालाई उक्त विषय अस्पतालमा अध्यापन गराइने जानकारी दिए । 

यसैगरी सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा निजामति अस्पताललाई विशिष्टीकृत चिकित्सासहितको सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गर्दै सातवटै प्रदेशमा विस्तार गरिने उल्लेख छ । 

‘यहाँ आएका बिरामीलाई अन्त्य उपचार गर्न जान नपरोस् भनेर अस्पताललाई विशिष्टीकृत बनाउन थालिएको हो’, उनले भने , ‘सबै किसिमको उपचार हुन्छ । अस्पताललाई रिफरल सेन्टरको रुपमा विकास गरिने छ ।’ सबै किसिमको विशेषज्ञ सेवासहितको अस्पताल बनाउन क्षमता पनि विस्तार गरी एक हजार शय्या पुर्याइने लक्ष्य लिइएको छ । चीन सरकारले बनाइदिएको उक्त अस्पतालमा २०६५ जेठ १६ गतेबाट सञ्चालन आएको हो ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ६ : ३४ बजे

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रको

विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट आएको सन्देश राष्ट्रियसभामा टेबुल

काठमाडौं– ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभा

राष्ट्रियसभा : शोक प्रस्ताव पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३ वर्षीया

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौं– धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले