नीति तथा कार्यक्रम पूर्ण छैन : सांसद शर्मा « Khabarhub

नीति तथा कार्यक्रम पूर्ण छैन : सांसद शर्मा


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांसद डा सुनिल शर्माले सरकारले तत्कालीन समस्यालाई सम्बोधन गर्न नसक्दा नीति तथा कार्यक्रम पूर्ण नभएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भने , ‘नीति तथा कार्यक्रम पूर्ण छैन । अहिलेको गठबन्धनको सरकारले तत्कालीन आवश्यकताअनुसार मुलुकको आर्थिक अवस्था सुधारका लागि नीतिगत व्यवस्थामा बढी जोड दिनसक्दथ्यो ।’ 

सांसद कालुराम राईले नीति तथा कार्यक्रमको बुँदा नम्बर ४७ मा दुर्लभ लोपोन्मुख वन्यजन्तुको संरक्षणसम्बन्धी विषयमा कुन कुन वन्यजन्तु संरक्षण गर्नपर्ने हो भन्ने स्पष्ट नपारेको बताए ।  

सांसद सीता मिजारले नीति तथा कार्यक्रमको समर्थन गर्दै तीन तहको सरकारबीचको जिम्मेवारी, दोहोरोपन र अधिकार बाडँफाटमा फरक बुझाइका कारण सेवाग्राहीमा पर्ने गएको समस्याप्रति सरकारको ध्यानाकर्षण गराइन् ।   

सांसद सपना राजभण्डारीले सरकारको नीति तथा कार्यक्रममा समर्थन जनाइन् । सांसद सूर्यकुमारी श्रेष्ठले नीति तथा कार्यक्रम पुनरावलोकन गरी सच्याउन सुझाव दिइन् । सांसद निर्मला कोइरालाले नीति तथा कार्यक्रममा असमर्थन जनाइन् । सांसद अमृतादेवी अग्रहरी, सांसद सम्झना थपलिया, उर्मिला थेवे र सांसद शान्ति श्रेष्ठ, रुकमणि राना बराइली, सरिता भुसाल, वासुदेव घिमिरे, प्रेमबहादुर महर्जन र प्रतीक्षा तिवारीले नीति तथा कार्यक्रम पुनःलेखन गर्न सुझाव प्रस्तुत दिए । 

सांसद रणकुमारी बलमपाकी मगरले राष्ट्रपति महिला उत्थान तथा महिला उद्धार कार्यक्रमलाई पुनः नीति तथा कार्यक्रममा सामावेश गर्न माग गरिन् ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ६ : ५३ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।