नेपाल काभा महिला भलिबल च्यालेन्जको सेमिफाइनलमा प्रवेश « Khabarhub

नेपाल काभा महिला भलिबल च्यालेन्जको सेमिफाइनलमा प्रवेश


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बंगलादेशलाई ३-० सेटले पराजित गर्दै नेपाल एनएससी– काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । 

नेपाल भलिबल संघको आयोजनामा पहिलो पटक आयोजना भएको च्यालेन्ज कपमा समूह ए मा रहेको नेपालले आफ्नो दोश्रो खेलमा बंगलादेशमाथी २५–१०, २५–८, २५–९ ले पराजित गर्दै एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो । पहिलो खेलमा किर्गिस्तानलाई हराएर ३ अंक बटुलेको नेपालले बंगलादेशमाथीको जित संगैअंक बनाएको हो ।

यसै समूहबाट भारतले किर्गिस्तानमाथी ३–० को सहज जित निकाल्दै सेमिफाईनल यात्रा तय गरेको हो । भारतले किर्गिस्तानलाई २७–१७, २५–८, २५–८ को जित निकालेको हो ।

समूह बिजेताउपबिजेताको छिनोफाने भोली बुधबार हुने नेपाल र भारत बिचको खेलले निर्धारण गर्नेछ । किर्गिस्तान र बंगलादेशले अब बरियताका लागि प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै मंगलबार नै  भएको समूह बी को खेलमा काजाकिस्तानले श्रीलंकामाथी निकैनै प्रतिस्पर्धात्मक खेलमा ३–१ सेटको जित निकाल्न सफल भयो । पहिलो र दोश्रो सेट २५–१६, २८–२६ ले आफ्नो  पक्षमा पारेको काजाकिस्तानले तेश्रो सेट १८–२५ले श्रीलंकालाई सुम्पियो । 

यस्तै चौथो सेटमा निकैनै प्रतिस्पर्धात्मक रुपमा २९–२७ ले काजाकिस्तानले जित्दै जित आत्मसाथ ग¥यो । यस जितका साथै काजाकिस्तानकोअंक भएको छ । पहिलो खेलमा काजाकिस्तानले मालदिभ्सलाई पराजित गरेको थियो ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ७ : ०१ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट