लोक दोहोरी व्यवसायीलाई रोयल्टी अनुमति पत्र « Khabarhub

लोक दोहोरी व्यवसायीलाई रोयल्टी अनुमति पत्र


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकाका २२ भन्दा बढी लोक दोहोरी व्यवसायीहरूलाई गीत संगीतको सार्वजनिक प्रयोग गर्नका लागि अनुमति पत्र(लाइसेन्स) प्रदान गरिएको छ ।

नेपाल प्रतिलिपि अधिकार कार्यालय र संगीत तथा चलचित्र उत्पादक समाज नेपालले लोकदोहोरी व्यवसायीहरूसँग ‘प्रतिलिपि अधिकार कानून कार्यान्वयन तथा लोक दोहोरी साँझ रेष्टुरेन्टको सार्वजनिक प्रयोग वापतको संगीत रोयल्टी’ विषयक अन्तरक्रियामा उनीहरूलाई अनुमति पत्र प्रदान गरिएको हो ।

अनुमति पत्र पाउनेहरूमा गाउँले रोधी घर, डाँडा घरे रोधी एण्ड क्लब, सुस्केरा दोहोरी साँझ, यानिमाया रोधी क्लब, मधुवन रोधी घर एण्ड सुनार हाउस, माइली रोधी घर, सोल्टीनी रोधी नाच घर, सालैजो दोहोरी साँझ, गाउँ बेशी दोहोरी साँझ, निलकमल दोहोरी साँझ छन् ।

त्यस्तै जुनतारा दोहोरी एण्ड लाउन्ज, मुर्छाना दोहोरी साँझ, डाँफे रोधी घर, इन्द्रेणी रोधी क्लब एण्ड डिस्को, टप राजधानी दोहोरी साँझ, संगीतमाला रोधी घर, जुनकिरी रोधी नाचघर, नौ डाँडा दोहोरी साँझ, बासुरी दोहोरी साँझ र देउराली रोधी घरले पनि अनुमति पत्र लिएका छन् ।

संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्यबहादुर मगरले प्रतिलिपि अधिकार ऐन २०५९ को दफा ३९ तथा नियमावली २०६१ को दफा १० बमोजिम लोकदोहोरी साँझहरुलाई सामूहिक रोयल्टी व्यवस्थापन समूहहरू र दोहोरी साँझसँगको सम्झौता बमोजिम गीत संगीतको सार्वजनिक रुपमा प्रयोग गर्न अनुमति प्रदान गरिएको बताए । ‘यो अनुमति पत्र प्राप्त गरेपछि सम्बन्धित संस्थाले अनिवार्य रुपमा देखिने गरी राख्नुपर्नेछ’, उनले भने । कार्यक्रममा संस्कृति महाशाखा प्रमुख डा.सुरेश श्रेष्ठ, प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयका निमित्त रजिष्ट्रार उत्तम दवाडी, पूर्व रजिष्ट्रार बिसुकुमार केसी, सुरेश अधिकारी, निर्णय श्रेष्ठ महेश खड्का, मिलन मोक्तान र प्रहरी वृतका प्रमुखहरूले रोयल्टी बारेमा बोलेका थिए ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ८ : ३७ बजे

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद

बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह

काठमाडौं – काठमाडौं उपत्यकासहित देशभर एक सय स्थानमा बर्डफ्लुको सङ्क्रमण

गोली हानेर लागुऔषध कारोबारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध कारोबारी भारतीय नागरिकलाई गोली हानेर

बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो

बैतडी – बैतडीको गैराखानमा भएको बस दुर्घटनामा परी घाइते हुनेको

सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्ने : एमाले

काठमाडौं – नेकपा (एमाले)ले वर्तमान सरकार मुलुकको आर्थिक सङ्कट समाधान