‘मधेसको पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखिएन’ « Khabarhub

‘मधेसको पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखिएन’


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयसम्बन्धी बजेट तर्जुमा गर्दा तराई–मधेसलाई प्राथमिकता नदिइएको गुनासो गरेका छन् ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले मधेसका ऐतिहासिक, पौराणिक र महत्वपूर्ण सम्पदा, मठ, मन्दिरलाई पर्यटन पूर्वाधारका रुपमा विकसित गर्ने गरी सरकारले कुनै बजेट र कार्यक्रम नल्याएको बताए ।

यसअघिको बैठकमा छलफल सुरु हुँदा उपराष्ट्रपतिको कार्यालयका लागि खर्च शीर्षक पुस्तिका सांसदहरुलाई उपलब्ध नगराइएको जनाउँदै प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगन भएको थियो । दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले कार्यसूचीबाट सो कार्यालयको शीर्षक हटाएपछि बैठक सञ्चालन भएको थियो ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  २ : ४९ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई