दाङमा प्रदेशस्तरीय रङ्गशाला बन्ने « Khabarhub

दाङमा प्रदेशस्तरीय रङ्गशाला बन्ने


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ कारौतिडाँडामा प्रदेशस्तरीय रङ्गशाला बन्ने भएको छ ।

लुम्बिनी प्रदेश सरकारले प्रदेशको गौरवको योजनाकै रुपमा नेत्रलाल अभागी खेलकुद रङ्गशालाको निर्माण कार्य अघि बढाएको हो । इन्डोर र आउटडोरका सबै खेल खेल्न मिल्ने गरि २७ विगाहा क्षेत्रफलमा अत्याधुनिक खेलकुद रङ्गशाला बनाइने प्रदेश सरकारको गुरुयोजना रहेको छ ।

अहिलेसम्म एक करोड ५६ लाख बजेटबाट मैदान सम्याउने र वाल लगाउने काम भएको नेत्रलाल अभागी रङ्गशाला व्यवस्थापन समितिका अध्यक्ष देउमान दमाईले जानकारी दिए ।

आर्थिक वर्ष २०७६/७७ बाट निर्माण प्रक्रिया सुरु भएको रङ्गशाला सुरुमा ५ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर प्रदेश सरकार परिवर्तन हुँदा प्रयाप्त बजेट अभावका कारण थप संरचना निर्माणको काम गर्न समस्या हुने समितिले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ३ : १४ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई