समृद्धिका लागि तथ्याङ्कका आधारमा योजना निर्माण गर्नुपर्छ : मुख्यमन्त्री कार्की « Khabarhub

समृद्धिका लागि तथ्याङ्कका आधारमा योजना निर्माण गर्नुपर्छ : मुख्यमन्त्री कार्की


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको समृद्धिका लागि तथ्याङ्कका आधारमा योजना निर्माण गर्नुपर्ने बताएका छन् ।

प्रदेश योजना आयोग र प्रदेश योजना आयोजना मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालित प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमद्वारा संयुक्त रुपमा आयोजित  ‘कोशी प्रदेश समृद्धिको नवीनतम् आधार’ सम्बन्धी कार्यशाला गोष्ठीको आज उद्घाटन गर्दै उनले राष्ट्रिय लक्ष्य प्राप्त गर्न प्रदेशबाट आवश्यक सहयोग प्रदान गर्नेतर्फ ध्यानउन्मुख भएको धारणा राखे ।

मुख्यमन्त्री कार्कीले प्रदेशको बजेट निर्माणमा केही प्राथमिकता राख्न चुकेकाले केही क्षेत्रमा विकासको सन्तुलन कायम हुन नसकेकामा चर्चा गर्दै आगामी वर्षको बजेटमा यसलाई सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले प्रदेशमा औद्योगिक उत्पादन, निर्माण सामग्री उत्पादन घट्नाले राजस्व सङ्कलन लक्ष्यअनुसार प्राप्ति नभएको बताए ।

मुख्यमन्त्री कार्कीले कुनै पनि क्षेत्रको विकास र समृद्धिका लागि खर्च गर्ने क्षमता बढाएको बताए । उनले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनका लागि सङ्घीय सरकारले निजामती कर्मचारी ऐन चाँडै ल्याउनुपर्नेमा जोड दिए ।

प्रा डा शिव अधिकारीले नेपाली अर्थतन्त्रको विद्यमान अवस्थाको चिरफार, प्रदेशको आर्थिक अवस्था र प्रदेशको समृद्धिका नवीनतम् आधार समेटिएको ‘कोशी प्रदेशः समृद्धिका नवीनतम् आधार विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । प्रदेशको पहिलो आवधिक योजना कार्यान्वयनको पुनरावलोकन गरी स्वच्छ र समृद्ध प्रदेश बनाउनु गोष्ठीको मुख्य उद्देश्य रहेको छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ५ : १६ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल