पश्चिम नवलपरासीमा लागूऔषधसहित एक जना पक्राउ | Khabarhub Khabarhub

 पश्चिम नवलपरासीमा लागूऔषधसहित एक जना पक्राउ


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका १ बाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय सेमरीका प्रमुख प्रहरी नायब निरीक्षक मदन बस्याल र सशस्त्र प्रहरीको संयुक्त टोलीले ४६ वर्षीय विनोद कहारलाई पक्राउ गरेको हो ।

आरोपित कहारको घरमा छापा मार्दा नाइट्राभेट ६०० पत्ता, प्रोक्सिको स्पार ९६३ ट्याप्लेट र कोरेक्स ९ बोतल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भोजराज पाण्डेले बताए ।

विशेष सूचनाको आधारमा घरमा छापा मार्दा लागूऔषध बरामद गरिएको र त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ७ : ५३ बजे

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ 

झापा– झापामा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । कनकाई

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी

५२ संवैधानिक पदाधिकारी नियुक्त विरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौं– संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आजदेखि पुनः

सुनको मूल्यमा गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो 

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा ट्रक पल्टिँदा अवरुद्ध भएको नारायणगढ–मुग्लिन