‘ड्रागन बोट रेस’ : नेपाल र चीनका दुई–दुई टोली अघिल्लो चरणमा प्रवेश | Khabarhub Khabarhub

‘ड्रागन बोट रेस’ : नेपाल र चीनका दुई–दुई टोली अघिल्लो चरणमा प्रवेश


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा आजदेखि सुरु भएको नेपाल–चीन फ्रेन्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’मा नेपालका दुई र चीनका दुई टोली सेमिफाइनलमा प्रवेश गरेका छन् ।

फेवातालमा भएको सो प्रतियोगितामा नेपालका चार र चिनियाँ चार गरी आठ टोलीबीचको प्रतिस्पर्धामा दुई–दुई टोली अघिल्लो चरणमा प्रवेश गर्न सफल भए । प्रतियोगितामा दुई सय र पाँच सय मिटरको दुई–दुई चरणको प्रतिस्पर्धाबाट सेमिफाइनल प्रवेश गर्ने टोली छनोट गरिएको हो । प्रतियोगिताको सेमिफाइनल र फाइनल शनिबार हुनेछ ।

नेपालको र्याफ्टिङ एन्ड क्यानोइङ एशोसिएसन (एनआरसीए) र नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) तथा चीनको सिचुवाङ ड्रागन समूह र युनान ड्रागन समूह अघिल्लो चरणमा पर्न सफल भएको प्रतियोगिताका प्राविधिक प्रमुख मीनबहादुर मगरले जानकारी दिए ।

बोट रेसको दुई सय मिटरमा सिचुवाङले एक मिनेट ४८ सेकेन्ड र पाँच सय मिटरमा भने चार मिनेट ३८ सेकेन्डमा निर्धारित दूरी पार गरेको थियो । नेपालको नाराको टोलीले दुई सय मिटरको दूरी एक मिनेट ५३ सेकेन्डमा पार गर्न सफल भयो । यसैगरी पाँच सय मिटर पार गर्न चार मिनेट ४७ सेकेन्ड समय लगाएको थियो ।

युनानको टोलीले दुई सय मिटरको दूरी एक मिनेट ५५ सेकेन्डमा र पाँच सय मिटरको दूरी भने चार मिनेट ५३ सेकेन्डमा पार गरेको थियो । नेपालको एनआरसीएले दुई सय मिटरको दूरी एक मिनेट ५६ सेकेन्डमा र पाँच सय मिटरको दूरी पाँच मिनेट दुई सेकेन्डमा सम्पन्न गरी अघिल्लो चरणको यात्रा तय गर्न सफल भयो ।

चाइना नेपाल फ्रेन्डसीप, पोखरा महानगरपालिका, सिङ्गापुरको जिएस ड्रागन समूह र फेवा डुङ्गा व्यवसायी सङ्गठनको टोली बाहिरिएका छन् । प्रतियोगितामा विजेता हुने टिमलाई जनही रु पाँच लाख ५० हजार र उपविजेतालाई रु तीन लाख ५० हजारका दरले पुरस्कार प्रदान गरिने पोखरा महानगरका पर्यटन विकास समितिका उपाध्यक्ष रवीन्द्रराज पौडेलले जानकारी दिए ।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेवातालमा पहिलोपटक ड्रागन बोट रेस तथा महोत्सव आयोजना गरिएको छ । महोत्सवको आज एक भव्य समारोहका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गरेका थिए ।

नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बोट रेस तथा फेस्टिभलको आयोजना गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसिएसन पोखरा सो फेस्टिभलको सहयोगी संस्थाका रूपमा रहेका छन् ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ८ : ५८ बजे

राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित गरिँदै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ ।

वैकल्पिक खेलाडीलाई मौका दिएको दक्षिण अफ्रिकाको जिम्बाबेविरुद्ध सानदार जित

काठमाडौं – दक्षिण अफ्रिकाले जिम्बाबेसँगको टेस्ट खेलमा ३२८ रनको जित

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने