लम्पी स्किनबाट गोरु मरेपछि रोपाइँ प्रभावित | Khabarhub Khabarhub

लम्पी स्किनबाट गोरु मरेपछि रोपाइँ प्रभावित


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

भोजपुर– पूर्वी पहाडी जिल्ला भोजपुरमा हालसम्म ६५ प्रतिशतमात्र धान रोपाइँ भएको छ । समयमा पानी नपरेको र लम्की स्किनबाट गोरु मरेपछि रोपाइँ प्रभावित भएको हो ।

कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख गणेश खत्रीले जिल्ला हालसम्म ६५ प्रतिशतमात्र धान रोपाइँ भएको बताए । उनका अनुसार गत वर्ष अहिलेको समयसम्म ७६ प्रतिशत रोपाइँ सम्पन्न हुने गर्दथ्यो । ‘समयमा वर्षात् नभएको कारण रोपाइँमा त ढिलाइ थियो नै, फेरि पशुचौपायामा देखिएको लम्की स्किनका कारण पनि रोपाइँमा यस वर्ष ढिला भयो, उनले भने ।

जिल्लामा १८ हजार ९२ हेक्टरमा धानखेती रोपाइँ हुन्छ भने जिल्लाको कुल खेतीयोग्य क्षेत्रफल ६२ हजार दुई सय ९९ छ । कार्यालयको तथ्याङ्कअनुसार अहिलेसम्म करिब ११ हजार सात सय ६० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । जिल्लामा अझै पनि ३५ प्रतिशत धान रोपाइँ हुन बाँकी छ ।

जिल्लामा पछिल्लो समयमा हाते ट्र्याक्टरको समेत प्रयोग बढे पनि सबै खेतमा ट्र्याक्टरले धान रोपाइँ नहुने भएकाले रोपाइँमा समस्या देखिएको कृषि ज्ञान केन्द्र जनाएको छ ।

कार्यालयका अनुसार जिल्लाको देउराली, टक्सार, कोट, बोखिम, गुप्तेश्वर, मुलपानी, याकुलगायतका क्षेत्र धानका लागि पकेट क्षेत्र मानिएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ११ : २१ बजे

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, १३७ मुद्दा दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा

विश्व एक्वेटिक्समा चार पौडी खेलाडी

काठमाडौं – सिङ्गापुरमा आयोजना हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा नेपालबाट चार

एडीबीको सहयोगमा बन्ने घट्टेखोला–धम्पुस–खानी गाउँ सडक शिलान्यास

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुस पुग्ने प्रमुख

साताका समाचार : एमालेले छेक्यो विद्या भण्डारीलाई, तराई-मधेशमा चर्को खडेरी र युद्धमा उत्रिए थाइल्याण्ड र कम्बोडिया

पूर्वराष्ट्रपति भण्डारीको चेतावनी : मेरो सदस्यता केही मुठ्ठीभरहरूले रोक्न सक्दैनन्