विदेश भ्रमणमा जाने नेपालीले २५ सय डलर सटही सुविधा पाउने « Khabarhub

विदेश भ्रमणमा जाने नेपालीले २५ सय डलर सटही सुविधा पाउने


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विदेश भ्रमणमा जाने नेपाली नागरिकले पाउने सटही सुविधा बढेको छ । 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा  भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी सुविधाबापत एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर दुई हजार पाँचसम्म सटही सुविधा उपलब्ध गराउने भएको हो । हाल त्यस्तो सुविधा अमेरिकी डलर एक हजार पाँच सय बराबर मात्रै थियो । 

यसअघि वैदेशिक मुद्रा सञ्चितिमा चाप परेको भन्दै केन्द्रीय बैंकले न्यून मात्रामा मात्रै डलर सटही सुविधा पाउने व्यवस्था गरेको थियो । हवाई सेवा प्रदायकहरुलाई आवश्यक पर्ने विभिन्न सेवा शुल्कको भुक्तानी विदेशमा गर्दा नियामक निकायको स्वीकृतिमा वा तोकिएका कागजात समेतको आधारमा अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्मको रकम क वर्गका वाणिज्य बैंकमार्फत पठाउन सकिने व्यवस्था गरिएको छ । 

कोभिड–१९ को प्रकोप र प्रभाव न्यून हुँदै गएको हुँदा विदेशी मुद्रामा लिएको ऋण नेपाली रुपैयामा भुक्तानी गर्न सकिने विद्यमान व्यवस्था मौद्रिक नीतिले हटाइएको छ । बैंक तथा वित्तीय संस्थाले यस बैंकको स्वीकृतिमा भित्र्याएको बाह्य ऋणमा अन्तर्निहित विदेशी विनिमय जोखिम व्यवस्थापनका लागि स्वापलगायतका उपकरणका सम्बन्धमा गरिएको अध्ययनका आधारमा त्यस्ता उपकरण उपलब्ध हुने व्यवस्था गरिने भएको छ । 

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  २ : ३२ बजे

कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल

मायामी – अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९००

रविको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने

काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

बाख्रापालनमा निर्भर शुक्लाफाँटाका बासिन्दा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको

आज चैते दसैँको घटस्थापना

काठमाडौँ– चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु