अनररी कन्सुलर क्रोप्स नेपालको १६ औं साधारणसभा तथा ‘चार्टर डे’ सम्पन्न « Khabarhub

अनररी कन्सुलर क्रोप्स नेपालको १६ औं साधारणसभा तथा ‘चार्टर डे’ सम्पन्न


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अनररी कन्सुलर क्रोप्स नेपाल (एचसीसी–एन) को १६ औं साधारणसभा तथा ‘चार्टर डे’ सम्पन्न भएको छ । काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन होटलमा आइतबार एचसीसी–एनको सधारणसभा तथा ‘चार्टर डे’ सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालसँग दौत्य सम्बन्ध रहेका तर आवासीय राजदूतावास नभएका विभिन्न ५९ देशमा अनररी कन्सुलर क्रोप्सले पुर्‍याएको सेवाप्रति कृतज्ञता व्यक्त गरे ।

उनले दौत्य सम्बन्ध कायम भएका देशहरुमा नेपालको प्रतिनिधित्व गर्दै विभिन्न कार्यमा यस संस्थाका प्रतिनिधिहरुको भूमिका प्रशंशनीय रहेको भन्दै मुलुकको व्यापार तथा पर्यटन प्रवर्द्धनमा खेलेको भूमिकाका लागि धन्यवाद ज्ञापन गरेका थिए ।

सन २००७ मा स्थापना भएको यो संस्थाले आफ्नो १६ औं साधारणसभामार्फत् चेक रिपब्लिकका अनररी कन्सुल जनरल विष्णुकुमार अग्रवाललाई नयाँ डिन चयन गरेको छ ।

यो सँगै माल्टाका अनररी कन्सुल दिनेश श्रेष्ठले आफ्नो एक वर्षे कार्यकाल पूरा गरी डिनको जिम्मेवारी अग्रवाललाई हस्तान्तरण गरेका छन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउद विशिष्ट अतिथी रहेका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ४ : ३० बजे

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो