विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

आज साउन ७, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई २३, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

ब‌गलादेशमा बंगलादेशी र चिनियाँ कामदारबीच झडप हुँदा १५ जना घाइते

बंगलादेशमा रहेको एक निर्माणाधीन ऊर्जा केन्द्रमा बंगलादेशी र चिनियाँ कामदारबीच झडप हुँदा १५ जना घाइते भएका छन् । बंगलादेशको पटुवाखली जिल्लाको धनखली क्षेत्रमा निर्माणाधीन ऊर्जा केन्द्रमा चिनियाँ र बंगलादेशी कामदारबीच झडप भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

ज्यालाका विषयलाई लिएर दुई पक्षबीच उत्पन्न विवाद झडपमा परिणत भएको जनाइएको छ । झडपका क्रममा ऊर्जा केन्द्रका सवारी साधन र कार्यालयमा तोडफोडसमेत भएको थियो ।

उक्त निर्माणाधीन ऊर्जा केन्द्रले कोइलाबाट १३२० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ । झडपका क्रममा चार जना बंगलादेशी कामदार गम्भीर घाइते भएको बंगलादेशको राजधानी ढाकाबाट प्रकाशित हुने न्यू एज अखबारले जनाएको छ ।

आतंकवाद र उग्रवादविरुद्ध सहकार्य गर्न किर्गिजस्तान र भारत सहमत

आतंकवाद र उग्रवादविरुद्ध सहकार्य गर्न मध्य एसियाली मुलुक किर्गिजस्तान र भारत सहमत भएका छन् । किर्गिजस्तानको राजधानी विस्खेकमा आयोजित सुरक्षा बैठकमा दुई मुलुकबीच रक्षा क्षेत्रमा सककार्य बढाउने विषयमा सहमती भएको हो ।

बैठकमा भारतका उप राष्ट्रिय सुरक्षा सल्लाहकार विक्रम मिस्री र किर्गिज गणतन्त्रको सुरक्षा परिषदका सचिव मरात मुकानोभिच इमानकुलोभ सहभागी रहेको भारतीय समचार संस्था इकोनोमिक टाइम्सले जनाएको छ । विस्खेक भ्रमणका क्रममा म्रिसीले किर्गिज गणतन्त्रका विदेशमन्त्री झिनबेक कुलुबयेभसँग पनि भेटवार्ता गरेको जनाइएको छ ।

भेटवार्तामा द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य र अफगानिस्तानमा विकसित घटनाक्रमबारे पनि चर्चा भएको विस्खेकस्थित भारतीय राजदूतावासले जानकारी दिएको छ ।

अफगानिस्तानमा आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो
अफगानिस्तानको मध्य भागमा मुसलधारे वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ । बाढीमा परेर अरु ४० जनाभन्दा बढी बेपत्ता भएका छन् ।

राज्यको विपद् व्यवस्थापन मन्त्रालयका प्रवक्ता शफिउल्ला रहिमीले शुक्रबारदेखि परेको बर्षाका कारण देशभर आएको बाढीबाट ३१ जनाको मृत्यु भएको जनाएका छन् । बाढीका कारण भौतिक सम्पत्ति र खेतबारीमा व्यापक क्षति पुगेको रहिमीले जानकारी दिए ।

सरकारका प्रवक्ता जबीहउल्ला मुजाहिदले मैदान वार्दाक प्रान्तको जलरेज जिल्लाको मुख्य विपद् क्षेत्रमा तत्काल सहायता पठाइएको जानकारी दिए ।

अफगानिस्तानमा वर्षाको समयमा आकस्मिक बाढी आउने गरेको छ । वर्षाका कारण सुख्खा नदी किनारहरूमा भारी वर्षा भेल आउँदा यसबाट ठूलो क्षति हुने गरेको छ ।

रहिमीले एक पत्रकार सम्मेलनमा जलरेजमा शुक्रबारदेखि अहिलेसम्म ६०४ घर पूर्ण वा आंशिक रुपमा क्षतिग्रस्त भएको र सयौं एकड खेतीयोग्य जमिन र बगैँचा नष्ट भएको जानकारी दिए ।

रहिमीका अनुसार विगत चार महिनामा प्राकृतिक प्रकोपसँग सम्बन्धित घटनामा अफगानिस्तानमा २१४ जनाको मृत्यु भएको छ ।

भारतको महाराष्ट्रमा गएको पहिरोमा परी २७ जनाको मृत्यु

भारतको महाराष्ट्र राज्यमा गएको पहिरोमा परी २७ जनाको मृत्यु भएको छ । पहिरोमा परी अरु साठी जना बेपत्ता भएका छन् । मुम्बईबाट करिब एक सय किलोमिटर टाढा अवस्थित रायगड जिल्लाको एउटा गाउँमा भारी वर्षासँगै खसेको पहिरोमा परी ज्यान गुमाएका २७ जनाको शव भेटिएका उद्धारकर्मीले बताएका छन् ।

‘हामीले अहिलेसम्म २७ वटा शव फेला पारेका छौँ, करिब ६० जना अझै बेपत्ता छन्,’ आपत्कालीन सहायता टोलीका एक अधिकारीले भनेका छन् । भग्नावशेषमा खोजी भइरहेको रायगडका जिल्ला अधिकारी योगेश म्हसेले आइतबार एएफपीलाई बताएका छन् ।

मूल सडकबाट करिब पाँच किलोमिटर टाढा घटनास्थल रहेको तथा त्यहाँ भारी यन्त्र पुग्ने बाटो नभएकाले मानिसले नै साना यन्त्रको सहयताले खोजी गरिरहेका उनले बताए ।

उक्त क्षेत्रमा अविरल वर्षा भइरहेकाले खोजलाई चुनौतीपूर्ण बनाएको छ । जिल्ला अधिकारी म्हसेले खोज तथा उद्धार चौथो दिनमा प्रवेश गरेको र जीवित भेटिनेमा आफू आशावादी नभएको बताएका छन् ।

सुडानको दक्षिणी डार्फरमा सोह्र सर्वसाधारणको मृत्यु

अफ्रिकी मुलुक सुडानको दक्षिणी डार्फरमा युद्धरत पक्षहरूबीच भएको झडपमा परी १६ जना सर्वसाधारणको मृत्यु भएको छ ।

सुडानको दक्षिणी डार्फर राज्यको राजधानी न्यालामा सुडानी सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स आरएसएफबीचको बमबारीमा कम्तीमा १६ जना सर्वसाधारणको मृत्यु भएको डार्फर बार एसोसिएसनले जनाएको हो ।

पेशागत वकिलहरूको सङ्गठनले सडक र नागरिकका घरमा गोलीबारी भएको जनाउँदै शुक्रबारदेखिको दोहोरो भिडन्तले न्याला क्षतविक्षत भएको बताएको छ । गोलाबारी र भिडन्तका कारण न्यालाको दक्षिणमा रहेको अल–वोहदा र करारीलगायत क्षेत्र प्रभावित भएका छन् ।

सङ्घले युद्धरत पक्षहरुलाई तत्काल युद्ध बन्द गर्न र सर्वसाधारणलाई आक्रमणको निशाना नबनाउन आग्रह गरेको छ । गत अप्रिल १५ देखि खार्तुम र अन्य क्षेत्रमा सुडानी सेना र आरएसएफबीच जारी यु्द्धमा तीन हजारभन्दा बढीको मृत्यु भएको छ भने छ हजारभन्दा बढी घाइते भएका छन् ।

संयुक्त राष्ट्रसङ्घको अनुमानअनुसार सुडान द्वन्द्व सुरु भएयता ३० लाखभन्दा बढी विस्थापित भएका छन् ।

पहिलो पटक अमेरिकन नौ सेनाको नेतृत्व महिलाको काँधमा

अमेरिकाको इतिहासमा पहिलो पटक एक महिला शीर्ष नौसेना अधिकृत बनेकी छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो पदका लागि एडमिरल लिसा फ्रानचेट्टीलाई चयन गरेका हुन् । सीएनएनको रिपोर्टका अनुसार लिसा फ्रानचेट्टी अमेरिकी नौ सेनाको इतिहासमा यो पद सम्हाल्ने पहिलो महिला हुनेछन् र यसका साथै उनी संयुक्त चिफ अफ स्टाफमा पनि पहिलो महिला हुनेछिन्। फ्रैंचेटी १९८५ मा कमीशन भएकी थिइन । उनी हाल नौसेना अपरेसनका उपप्रमुखको रुपमा कार्यरत छिन् । फ्रानचेट्टीको जीवनीका अनुसार, उनले अमेरिकी नौसेना सेना कोरियाको कमाण्डर, युद्धको विकासका लागि नौसेना अपरेशनका उपप्रमुख र संयुक्त स्टाफको रणनीति, योजना र नीति निर्देशकको रूपमा काम गरिसकेकी छिन्। उनले दुई क्यारियर स्ट्राइक समूहलाई पनि कमाण्ड गरेकी छिन् र सेप्टेम्बर २०२२ मा सहयायक सीएनओ बनिन्।

‘हाम्रो अर्को नौसेना अपरेसन प्रमुखको रूपमा, एडमिरल लिसा फ्रान्चेट्टीले हाम्रो राष्ट्रको लागि कमिसन्ड अफिसरको रूपमा ३८ वर्षको समर्पित सेवा ल्याउनेछ, जसमा नौसेना अपरेशनको उपप्रमुखको रूपमा उनको वर्तमान भूमिका पनि समावेश छ,’ राष्ट्रपति बाइडेनले शुक्रबार एक घोषणामा भने।

बाइडेनले युएस फ्लीट फोर्सेस कमाण्डका डेपुटी कमाण्डर भाइस एडमिरल जेम्स किल्बीलाई सीएनओको अर्को उपाध्यक्ष र युएस प्यासिफिक फ्लीटका कमाण्डर एडमिरल सामुएल पापारोआलाई प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको नेतृत्व गर्न इन्डो–प्यासिफिक कमाण्डको कमाण्डरको रूपमा मनोनीत गर्नेसमेत जानकारी दिएका छन् ।

सिएननले बिडेनलाई उद्धृत गर्दै भन्यो कि फ्रान्चेट्टीले आफ्नो करियरमा सञ्चालन र नीति दुवै क्षेत्रमा व्यापक विशेषज्ञता प्रदर्शन गरेकी छिन् । उनी संयुक्त राज्य अमेरिकाको नौ सेनामा चार तारा एडमिरलको पद धारण गर्ने पहिलो महिला हुन्। उनले नौ सेना प्रमुख र ज्वाइन्ट चिफ अफ स्टाफको रूपमा काम गर्ने पहिलो महिलाको रूपमा फेरि इतिहास रच्ने छिन्।

अमेरिकी रक्षा सचिव लोयड अस्टिनले नामांकनको प्रशंसा गर्दै भने कि, प्रत्येक एडमिरलले हाम्रो अमेरिकी नौ सेना र इन्डो प्यासिफिकमा संयुक्त सेनाहरू अहिले सम्मकै उत्कृष्ट सैन्य बल रहिरहने सुनिश्चित गर्नेछन् र विश्वभर शक्ति प्रक्षेपण गर्न, समुद्रको स्वतन्त्रताको रक्षा गर्न र नियमहरूमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थालाई कायम राख्न हाम्रो कामको केन्द्रमा हुनेछन्।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ७ : ५९ बजे

नासाको आर्टेमिस–३ मिसन स् अन्तरिक्ष यात्रीको फिल्ड प्रशिक्षण सुरु

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ५० वर्षपछि चन्द्रमामा अन्तरिक्ष यात्री

सभामुखले दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल

काठमाडौं– संसदको गतिरोध समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख

गरिबीमा उध्याएको कलमले मच्चाएको तहल्का

प्रतिभाशाली योग्य र विद्वान हुन ठूलो कुल, वंश र धनी

‘नेकेड एक्सप्रेस’ : विश्वभर फैलाउन खोजिएको एउटा नेपाली ब्राण्ड !

काठमाडौं – बजारमा अहिले कपडाका अन्तर्राष्ट्रिय ब्राण्डबीच तीव्र प्रतिस्पर्धा छ