जिल्ला प्रशासन कार्यालय मोरङको हाताभित्रै एक युवकले विष पिएपछि… « Khabarhub

जिल्ला प्रशासन कार्यालय मोरङको हाताभित्रै एक युवकले विष पिएपछि…


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

विराटनगर- जिल्ला प्रशासन कार्यालय मोरङको हाताभित्र एक युवकले विष सेवन गरेका छन् ।

आइतबार अपराह्न करिब ४ बजे प्रशासन कार्यालय क्षेत्रमा चेक बाउन्स मुद्दामा फरार कटहरी गाँउपालिका–३ का विनित सोनारले विष सेवन गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार खोजी सूचीमा रहेका करिब ३२ वर्षीय सोनारले किटनाशक औषध ‘ट्रिक्कल’ सेवन गरेका थिए । फरार रहेका उनी अपराह्न प्रशासन कार्यालय पुगेका थिए ।

प्रशासन कार्यालय पुगेको खबरसँगै प्रहरी पक्राउ गर्न पुगेको थियो । प्रहरीलाई देखेसँगै सोनारले किटनाशक औषध सेवन गरेको प्रवक्ता दाहालले जानकारी दिए ।

प्रहरीका अनुसार सोनारको तत्काल उद्धार गर्दै उपचारका लागि कोसी अस्पताल पुर्‍याइएको थियो । कोशीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको प्रवक्ता दाहालले बताए ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ८ : ३५ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा