पाकिस्तानमा १२ घण्टादेखी ‘तुइन’ मा फसेका बालबालिकाको मध्यरातमा उद्धार | Khabarhub Khabarhub

पाकिस्तानमा १२ घण्टादेखी ‘तुइन’ मा फसेका बालबालिकाको मध्यरातमा उद्धार


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्रमा मंगलबार ९ सय फिटको उचाइमा फसेका आठ जनाको अबेर राति उद्धार गरिएको छ ।

पाकिस्तानी सेना र स्थानीयवासीले ठूलो साहस देखाएर सबैलाई बचाएका छन् । पाकिस्तानी सेनाले अन्धकारका कारण हवाई उद्धार कार्य स्थगित गरी चेयर लिफ्टमा फसेका अरुको उद्धारका लागि स्थलगत अभियान सुरु गरेको थियो ।

खैबर पख्तुनख्वाको बट्टाग्राम जिल्लाको पहाडी क्षेत्रमा प्रतिकूल मौसमबीच सूर्यास्त हुनुअघि पाकिस्तानी सेनाको विशेष सेवा समूहले दुई बालबालिकालाई उद्धार गरेको हो । पाकिस्तानको सरकारी प्रसारक पीटीभी न्यूजले सेनालाई उद्धृत गर्दै रातको अन्धाकार र मौसमको कारणले हवाई अपरेशन स्थगित गरेको र वैकल्पिक माध्यम मार्फत उद्धार प्रयास सुरु गरेको जनाएको थियो ।

बट्टग्राम जिल्लाको अल्लाई तहसीलमा बिहान करिब ८ बजे बालबालिका विद्यालय जाँदै गर्दा उक्त घटना भएको हो । अल्लाई तहसीलका अध्यक्ष मुफ्ती गुलामुल्लाहलाई उद्धृत गर्दै पाकिस्तान मिडियाले जनाएअनुसार उक्त क्षेत्रमा कुनै सडक वा पुल नभएकोले खोला पार गर्न स्थानीयहरूले निजी क्षेत्रबाट सञ्चालित चेयरलिफ्टको प्रयोग गर्दै आएका छन् ।

राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार केबल बिग्रिएको कारण एउटा चेयरलिफ्ट सडकको बीचमा ९०० फिटको उचाइमा अड्किएको थियो । घटनामा ६ बालबालिकासहित आठ जना फसेका थिए ।

 

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  १० : १६ बजे

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा