काठमाडौँमा ‘बुस्टर डोज’ अभियान सञ्चालन « Khabarhub

काठमाडौँमा ‘बुस्टर डोज’ अभियान सञ्चालन


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौँले कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरेको छ ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी अञ्जना खड्का कोरोना भाइरसविरुद्धको बुस्टर डोज लगाउन बाँकी रहेकालाई अभियान सञ्चालन गरिएको जानकारी दिए ।

यही भदौ ५ गतेदेखि भदौ ११ गतेसम्म १२ वर्षदेखि माथिका सबैलाई पहिलो, दोस्रो मात्राका साथै पहिलो बुस्टर डोज र दोस्रो बुस्टर डोज लगाइनेछ । उनले बुस्टर डोज लगाउन छुटेकाका लागि पनि पहिलो बुस्टर डोज दिइने बताए । उनले दोस्रो बुस्टर कम भएकाले लगाउने सङ्ख्या कम भएकाले पनि अभियान सञ्चालन गर्नुपरेको बताए ।

सूचना अधिकारी खड्काले बुस्टर डोज लगाउन छुट भएकालाई लगाउन आग्रह गरेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य संस्था, सामुदायिक विद्यालय, नगर अस्पताल र सरकारी तथा गैरसरकारी अस्पतालमा खोप लगाइनेछ ।

यसअघि नियमितरूपमा कार्यालयले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताललगायत अस्पतालबाट खोप उपलब्ध गराउँदै आएको थियो ।

अहिले कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै घटेको छ । शून्य सङ्ख्यामा समेत सङ्क्रमण घटेको पाइएको छ । भदौ ५ गते एक सय ६१ जनामा गरिएको परीक्षणमा तीन जनामा सङ्क्रमण देखिएको थियो ।

विद्यार्थीलाई डेङ्गु र आँखा पाक्ने रोगप्रति सचेतना फैलाउन आग्रह

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थीलाई डेङ्गु र आँखा पाक्ने रोगप्रति सचेतना फैलाउन मातहतका निकायलाई आग्रह गरेको छ ।

केन्द्रको योजना तथा अनुगमन शाखाका शाखा अधिकृत प्रकाशकुमार खरेलले सातवटै प्रदेशका शिक्षा सम्बद्ध मन्त्रालय, स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र गर्दै डेङ्गु र आँखा पाक्ने रोग फैलिरहेकोले शिक्षक, विद्यार्थी र कर्मचारीलाई सतर्कता रहन आग्रह गरिएको छ । केन्द्रले डेङ्गु र आँखा पाक्ने रोगबारे सचेतना फैलाउनसमेत आग्रह गरेको छ ।

“डेङ्गु र आँखा पाक्ने जस्तो रोग छिट्टै फैलिने र विद्यार्थी तथा कर्मचारीको स्वास्थ्यलाई असर पार्ने भएकाले शिक्षक, विद्यार्थी तथा कर्मचारीलाई प्रकोपको अवस्थामा सो रोगको लक्षण, रोकथामका उपाय र सुरक्षाका लागि चाल्नुपर्ने उपयुक्त कदमबारे सचेतना जगाउनका लागि सही र सान्दर्भिक जानकारी प्रदान गर्न आवश्यक रहेको छ”, परिपत्रमा उल्लेख गरिएको छ ।

केन्द्रले शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्य सुनिश्चित गर्दै पठनपाठनमा निरन्तरताका लागि डेङ्गु र आँखा पाक्नेसम्बन्धी सूचना राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले तयार पारेको सामग्री प्रसारण गरी विद्यालयको शिक्षण सिकाइ क्रियाकलापलाई सुरक्षितरूपमा निरन्तरता दिनसमेत आग्रह गरेको छ ।

आँखा पाक्ने रोग देशभरका जिल्लामा तीव्र गतिमा फैलिरहेको र विगत केही सातादेखि सातवटै प्रदेशमा आँखा पाक्ने रोगका बिरामी बढेका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ८ : ५८ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका