महाकाली नदीको जलस्तर उच्च | Khabarhub Khabarhub

महाकाली नदीको जलस्तर उच्च


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

दार्चुला – महाकालीमा पानीको सतह बढेको छ। माथिल्लो क्षेत्रमा बिहानबाट वर्षा भएकोले बुधबार मध्याह्नदेखि महाकालीमा पानी सतह बढेको स्थानीय प्रशासनले जनाएको छ।

महाकाली नगरपालिका–९ स्थित दत्तुमा रहेको जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको छ। नदीमा पानीको बहाव अझै बढ्न सक्ने भएकाले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

सदरमुकाम खलंगाको बङ्गाबगर क्षेत्रमा निर्माण गरिएको तटबन्ध जोखिममा परेको छ। महाकाली नदीमा पानीको बहाव बढ्दै गएकाले दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरका नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  १० : ३८ बजे

सप्तरीका अग्निपीडितलाई नगद सहयोग

सप्तरी – जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीले आज जिल्लाको महादेवा

दातृ संस्थाहरुको लगानी अनुसार प्रतिफल देखिएन : मुख्यमन्त्री कँडेल

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर्राष्ट्रिय दातृ संस्थाहरुको

६ हजार सात सय कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं – सार्वजनिक पद धारणा गरेका छ हजार सात सय

कार्यान्वयनमुखी बजेट ल्याउन वित्त आयोगको सुझाव

काठमाडौं – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यान्वयनमुखी बजेट

राजनीति देश र जनताका लागि हुनुपर्छ : धनराज गुरुङ

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले राजनीति देश