सरकारसँग भएको सहमतिप्रति असन्तुष्ट राहत शिक्षकद्वारा काठमाडौंमा प्रदर्शन | Khabarhub Khabarhub

सरकारसँग भएको सहमतिप्रति असन्तुष्ट राहत शिक्षकद्वारा काठमाडौंमा प्रदर्शन


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारसँग भएको ६ बुँदे सहमतिप्रति असन्तुष्टि जनाउदै राहत शिक्षकहरूले शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

शिक्षक महासंघ र केहि संगठनले राहत शिक्षकको मागलाई बेवास्ता गर्दै सरकारसँग सहमति गरेको भन्दै उनीहरूले शनिबार काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् । शुक्रबार सरकार र शिक्षकका प्रतिनिधिको छलफलबाट संसद्‍मा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको थियो । तर समझदारीमा राहत शिक्षकको मागलाई समावेश गर्न नमान्दा आफूहरू आन्दोलनलाई निरन्तरता दिने अवस्थामा पुगेको राहत शिक्षकहरूले बताएका छन् ।

२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने मागलाई सरकारले सुनवाई नरहेको उनीहको भनाइ छ । सरकारसँगको वार्ताका क्रममा आफ्ना माग र मुद्दाहरू अघि सार्दा सम्बोधन गर्न सरकार तयार नभएकाले उक्त सहमति आफूहरुलाई स्वीकार्य नभएको बताएका छन् ।

उनीहरूले वार्ताका क्रममा आफूहरुलाई गृहमन्त्रीले दुर्व्यवहार गरेको आरोप लगाएका छन् । त्यस्तै राहत शिक्षकहरूले आफ्ना मागहरू पुरा नभएसम्म विद्यालयहरू नफर्कने र आन्दोलन जारी राख्ने जनाएका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  २ : ३० बजे

अमेरिकी राष्ट्रपतिमा ह्यारिसको उम्मेदवारी घोषणा, ओबामाले पनि गरे समर्थन

काठमाडौँ– अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले आगामी राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ