काजी तुलाराम पाँडेको २५५औँ स्मृति दिवस | Khabarhub Khabarhub

काजी तुलाराम पाँडेको २५५औँ स्मृति दिवस


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काजी तुलाराम पाँडेको २५५ औँ स्मृति दिवस मनाइएको छ । पाँडे खलकद्वारा आज हनुमानढोकामा आयोजित स्मृति दिवस समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काजी तुलाराम पाँडेको तस्वीरमा मार्ल्यापण गर्नुका साथै तलेजु मन्दिरमा पुष्पाञ्जली अर्पण गरे। 

समारोहमा पूर्वराष्ट्रपति भण्डारीले २५५औँ पुण्यतिथि पारेर प्रकाशन गरिएको तुलाराम पाँडेको श्रद्धाञ्जली पुस्तिका विमोचन गरेका छन्  । पाँडेकाजी खलकले तत्कालीन गोर्खा र कान्तिपुर(काठमाडौँ) राज्यको एकीकरणमा उनको भूमिकालाई स्मरण गरेको थियो ।  

‘विगत केही वर्षदेखि हामीले इन्द्रजात्राका दिन तुलाराम पाँडेलाई सम्झिने गरेका छौँ । उक्त दिन उनको तलेजु मन्दिरमा हत्या भएको थियो’, विक्रम पाँडेकाजीले भने, ‘कालु पाँडेका बारेमा इतिहासमा केही लेखिए पनि उनका भाई तुलाराम पाँडेको इतिहास गर्भमा नै विलीन भएको छ ।’

समारोहमा डा केके पाँडेकाजीले विसं १८२५ को इन्द्र जात्राको दिन भएको तुलाधार पाँडेको देहान्तबारे जानकारी दिँदै भने, ‘काठमाडौँ जीतलगत्तै मल्लको सिंहासन एकछिन नछोडी बसेका राजा पृथ्वीनारायण शाह आफू नगई सेनासहित काजी तुलारामलाई इष्टदेवी तुलजा भवानीको क्षमा आराधना गर्न पठाए। तुलारामको तलेजु भवानीको आँखै अगाडि प्राण पखेरु उडाइयो ।’

तत्कालीन गोर्खा राज्यबाट कान्तिपुर राज्यमा महावाणिज्यदूत बनेका तुलाराम पछि गोर्खाका आवासीय राजदूतसमेत बनेका थिए । 

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ३ : ०७ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले