काजी तुलाराम पाँडेको २५५औँ स्मृति दिवस « Khabarhub

काजी तुलाराम पाँडेको २५५औँ स्मृति दिवस


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काजी तुलाराम पाँडेको २५५ औँ स्मृति दिवस मनाइएको छ । पाँडे खलकद्वारा आज हनुमानढोकामा आयोजित स्मृति दिवस समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काजी तुलाराम पाँडेको तस्वीरमा मार्ल्यापण गर्नुका साथै तलेजु मन्दिरमा पुष्पाञ्जली अर्पण गरे। 

समारोहमा पूर्वराष्ट्रपति भण्डारीले २५५औँ पुण्यतिथि पारेर प्रकाशन गरिएको तुलाराम पाँडेको श्रद्धाञ्जली पुस्तिका विमोचन गरेका छन्  । पाँडेकाजी खलकले तत्कालीन गोर्खा र कान्तिपुर(काठमाडौँ) राज्यको एकीकरणमा उनको भूमिकालाई स्मरण गरेको थियो ।  

‘विगत केही वर्षदेखि हामीले इन्द्रजात्राका दिन तुलाराम पाँडेलाई सम्झिने गरेका छौँ । उक्त दिन उनको तलेजु मन्दिरमा हत्या भएको थियो’, विक्रम पाँडेकाजीले भने, ‘कालु पाँडेका बारेमा इतिहासमा केही लेखिए पनि उनका भाई तुलाराम पाँडेको इतिहास गर्भमा नै विलीन भएको छ ।’

समारोहमा डा केके पाँडेकाजीले विसं १८२५ को इन्द्र जात्राको दिन भएको तुलाधार पाँडेको देहान्तबारे जानकारी दिँदै भने, ‘काठमाडौँ जीतलगत्तै मल्लको सिंहासन एकछिन नछोडी बसेका राजा पृथ्वीनारायण शाह आफू नगई सेनासहित काजी तुलारामलाई इष्टदेवी तुलजा भवानीको क्षमा आराधना गर्न पठाए। तुलारामको तलेजु भवानीको आँखै अगाडि प्राण पखेरु उडाइयो ।’

तत्कालीन गोर्खा राज्यबाट कान्तिपुर राज्यमा महावाणिज्यदूत बनेका तुलाराम पछि गोर्खाका आवासीय राजदूतसमेत बनेका थिए । 

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ३ : ०७ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका