जनताको चाहना पुरा गर्न संविधानलाई पूर्णता दिन आवश्यक : बिप्लव | Khabarhub Khabarhub

जनताको चाहना पुरा गर्न संविधानलाई पूर्णता दिन आवश्यक : बिप्लव


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाका महासचिव नेत्रविक्रम चन्द बिप्लवले अहिलेको संविधानले जनताको चाहना पुरा गर्न नसक्ने भएकाले पूर्णता दिनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा जनअधिकार अभियान नेपालको आठौं साधारणसभामा बोल्दै विप्लवले अहिलेको संविधान अपूर्ण रहेकाले जनताको चाहना पुरा गर्न नसक्ने भन्दै यसलाई पूर्णता दिनुपर्ने बताएका हुन् । संविधानले परिवर्तन र विकासको माग गरेको र जनताको प्रतिबिम्बित गर्ने गरि पूर्णता दिन कानूनविद् र अधिकारकर्मीले पनि आवाज उठाउनुपर्ने उनले बताए ।

कुर्ची र पदको सुविधा नभइ नेपाली जनताले चाहेको कानून बनाउनुपर्ने र त्यसो हुन नसके संविधान कागजको खोष्टो मात्रै हुने उनको भनाइ छ । उनले अहिले कांग्रेसले अघि सारेको समाजवाद नारामात्रै भएको र त्यसमा कुनै कार्यक्रम नरहेको जिकिर गरे ।

विप्लवले नेपाल र जनतामाथि देखिएको चुनौति सामना गर्न समाजवादी मोर्चाको आवश्यकता पुष्टि हुदै गएको र मोर्चाले नै देशलाई रुपान्तरणतर्फ अघि बढाउने धारणा राखे । 

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ५ : ४५ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास