कामपाको श्रम बैंकमा चार सय आवेदन « Khabarhub

कामपाको श्रम बैंकमा चार सय आवेदन


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको श्रम बैंकमा चार सय आवेदन परेको छ । गत भदौ पहिलो साता कामपाले सीप भएका तर रोजगार नभएका जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन माग गरेको सूचनाअनुसार हालसम्म चार सय आवेदन परेको कामपा प्रशासन महाशाखा प्रमुख सरिता राईले जानकारी दिए ।

उनका अनुसार कामपाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैंक सञ्चालन गर्ने नीति लिएको थियो, सोहीअनुसार महानगरले आवेदन माग गरेको हो ।

यसबाट सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मतसम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउनेलगायत क्षेत्रमा काम गर्न चाहिने जनशक्तिको सूचीकरण हुने प्रमुख राईले जानकारी दिए ।

उनले भने, “कामपा केन्द्रमा एक महिनामा चार सय आवेदन परेको छ । कामपाका ३२ वटै वडामा पनि केही आवेदन आएको जानकारी प्राप्त भएको छ । कामपाले अहिले श्रम बैंक सञ्चालनका लागि कार्यविधि तयार गर्ने काम गरिरहेको छ । सङ्कलन भएका आवेदनबाट प्राथमिकीकरण, वर्गीकरणको काम पनि भइरहेको छ ।”

प्रमुख राईका अनुसार बेरोजगारका लागि एउटा आधार तयार गरिदिएको भन्दै, श्रम बैंकमा आबद्ध भएका श्रमिकलाई कामपाले मात्रै नभएर आवश्यकताअनुसार जोसुकैले पनि प्रयोग गर्न सक्नेछन् ।

कामपाले तयार गरेको श्रम बैंकमा श्रमिकको नाम लिस्ट हुन्छ । जहाँ श्रमिकको ज्याला दर, कामको प्रकार फोन नम्बर र श्रमिक कहाँ बस्नेसमेत उल्लेख गरिएको हुन्छ । यस कार्यक्रमको मुख्य उद्देश्य भनेको सहजरूपमा श्रमिक उपलब्ध गराई सीप, क्षमता भएका श्रमिकलाई काममा लगाई उचित पारिश्रमिकको व्यवस्था गरी रोजगार दिलाएका हुन् ।

कामपाले चालु आर्थिक वर्षका लागि काम गर्न इच्छुक व्यक्तिले आवेदनमा काम गर्न चाहेको कामको विवरण, आफूले काम गरेको भए अनुभवको क्षेत्रलगायत भर्नुपर्ने छ । आवेदन फारममा विभिन्न ६४ प्रकारका काम उल्लेख गरिएको छ । फारम आफू बसेको वडा अथवा कामपाको रोजगार सेवा केन्द्रमा बुझाउन पर्नेछ ।

श्रम बैंकमा आबद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि हुन्छ तर काठमाडौँमा बसोबास भएको हुनुपर्ने बताइएको छ । यस कार्यक्रमले आवश्यक पर्ने श्रमशक्तिको उपलब्धता सहज हुनेछ । यसमा सूचीकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत उपलब्ध गराउन सकिने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ८ : १९ बजे

एमालेको निर्वाचन तालिका : तीन दिनमा सकिने महाधिवेशन थप तीन दिन लम्बिने निश्चित

काठमाडौं- नेकपा (एमाले) का ११औँ महाधिवेशनको बन्दसत्र अन्तर्गत निर्वाचन कार्यक्रम

बिहारका नितिन नबीन बने भाजपाका राष्ट्रिय कार्यकारी अध्यक्ष

नयाँदिल्ली- बिहार सरकारका मन्त्री नितिन नबीनलाई भारतीय जनता पार्टी (बीजेपी)

नेपालका परम्परागत खेलको संरक्षण र संवर्द्धन गर्नुपर्छ : मन्त्री नेपाल

काठमाडौं– बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री उर्मिला नेपालले नेपालका परम्परागत खेलहरू

विद्या भण्डारीबारे ओलीले भने- उहाँलाई माया गरेकै हो, सदस्यता लिन पार्टीमा निवेदन दिनुपर्यो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर

सर्वसम्मतिको कार्ड फ्याँक्दै ओलीले भने, ‘डोकोमा हालेर फ्याँक्छौँ भनेर त कहाँ हुन्छ र ? 

काठमाडौं– नेकपा एमालेको भृकुटीमण्डपमा जारी बन्द सत्रलाई सम्बोधन गर्दै अध्यक्ष