सोमालियामा आत्मघाती आक्रमण, २० जनाको मृत्यु « Khabarhub

सोमालियामा आत्मघाती आक्रमण, २० जनाको मृत्यु


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – मध्य सोमालियाको बेलेडवेन शहरको एक सुरक्षा जाँच केन्द्रमा शनिबार भएको आत्मघाती कार बम आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

बेलेडवेनका जिल्ला आयुक्त ओमार अलासोले बजारको चोक र दुई पेट्रोल पम्प नजिकै विस्फोट हुँदा ठूलो क्षति भएको बताए । उनले आत्मघाती बम आक्रमणका पीडितहरूको सहयोगका लागि सुरक्षा बल र स्वास्थ्य टोलीहरू मैदानमा रहेको पनि बताए ।

उनले भने, “हामी अहिले पनि आतङ्कवादी हमलासँग सम्बन्धित विवरण सङ्कलन गरिरहेका छौं । हताहतको सङ्ख्या उल्लेख्य छ र हामी पीडितलाई स्थानीय अस्पतालमा पु¥याइरहेका छौं । यदि उनीहरूले गम्भीर घाइतेहरूको उपचार गर्न सकेनन् भने हामी उनीहरूलाई थप उपचारका लागि मोगादिशु लैजाने प्रयास गर्नेछौं ।”

अलसोले स्थानीय पत्रकारसँग भने, “यो निकै स्तब्ध पार्ने आतङ्कवादी हमला हो । घरहरू र व्यापारिक केन्द्रहरू ध्वस्त भएका छन् र ती घरहरू भित्रका बासिन्दाहरू अझै सम्पर्कमा आउन सकेका छैनन् भने केही शव फेला परेका छन् ।”

“विस्फोट भूकम्पजस्तै थियो,” घटनास्थलमा रहेका एक वृद्ध अब्दी हुसेनले भने । स्थानीय स्रोतले सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार घाइतेमध्ये कैयौँको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या ३० सम्म पुग्न सक्ने बताइएको छ ।

यस आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । सामान्यतया मोगादिसु र सोमालियाका अन्य ठाउँहरूमा अल–शबाब चरमपन्थी समूहले यस्ता आक्रमणहरू गर्ने गर्दछ ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  १० : २० बजे

पोखरामा जलन अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु

कास्की– देशको पर्यटकीय सहर पोखरामा जलन (बर्न) अस्पताल निर्माणका लागि

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके– बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार

एमाले महाधिवेशन मुल व्यवस्थापन समितिको बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं – नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन मुल व्यवस्थापन

च्याम्पियन्स लिग : फाफोसविरुद्ध युभेन्टसको महत्त्वपूर्ण जित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत बिहीबार बिहानको खेलमा युभेन्टस विजयी

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा– बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका