सोमालियामा आत्मघाती आक्रमण, २० जनाको मृत्यु « Khabarhub

सोमालियामा आत्मघाती आक्रमण, २० जनाको मृत्यु


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – मध्य सोमालियाको बेलेडवेन शहरको एक सुरक्षा जाँच केन्द्रमा शनिबार भएको आत्मघाती कार बम आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

बेलेडवेनका जिल्ला आयुक्त ओमार अलासोले बजारको चोक र दुई पेट्रोल पम्प नजिकै विस्फोट हुँदा ठूलो क्षति भएको बताए । उनले आत्मघाती बम आक्रमणका पीडितहरूको सहयोगका लागि सुरक्षा बल र स्वास्थ्य टोलीहरू मैदानमा रहेको पनि बताए ।

उनले भने, “हामी अहिले पनि आतङ्कवादी हमलासँग सम्बन्धित विवरण सङ्कलन गरिरहेका छौं । हताहतको सङ्ख्या उल्लेख्य छ र हामी पीडितलाई स्थानीय अस्पतालमा पु¥याइरहेका छौं । यदि उनीहरूले गम्भीर घाइतेहरूको उपचार गर्न सकेनन् भने हामी उनीहरूलाई थप उपचारका लागि मोगादिशु लैजाने प्रयास गर्नेछौं ।”

अलसोले स्थानीय पत्रकारसँग भने, “यो निकै स्तब्ध पार्ने आतङ्कवादी हमला हो । घरहरू र व्यापारिक केन्द्रहरू ध्वस्त भएका छन् र ती घरहरू भित्रका बासिन्दाहरू अझै सम्पर्कमा आउन सकेका छैनन् भने केही शव फेला परेका छन् ।”

“विस्फोट भूकम्पजस्तै थियो,” घटनास्थलमा रहेका एक वृद्ध अब्दी हुसेनले भने । स्थानीय स्रोतले सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार घाइतेमध्ये कैयौँको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या ३० सम्म पुग्न सक्ने बताइएको छ ।

यस आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । सामान्यतया मोगादिसु र सोमालियाका अन्य ठाउँहरूमा अल–शबाब चरमपन्थी समूहले यस्ता आक्रमणहरू गर्ने गर्दछ ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  १० : २० बजे

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु