श्रमदानबाट पुल निर्माण « Khabarhub

श्रमदानबाट पुल निर्माण


६ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको इच्छाकामना गाउँपालिकाले श्रमदानबाट पुल निर्माण गरिएको छ । इच्छाकामना गाउँपालिका–७ को गर्दासस्याङ्दी जोड्ने पुल गाउँपालिकाको लगानी र नागरिकको श्रमदानबाट निर्माण गरिएको हो । 

पुल निर्माणका लागि ३० प्रतिशत श्रमदानको काम गरिएको छ । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले गाउँघरमा श्रमदान गरेर विकास निर्माणका काम गर्ने परम्परा हराउन थालेपछि पालिकाले श्रमदानमा जुट्न स्थानीयलाई प्रोत्साहन गरेको बताए । 

उनले श्रमदानमा जनप्रतिनिधि, कर्मचारी र स्थानीय बासिन्दा सहभागी भएको जानकारी दिए । ‘तीसदेखि ४० प्रतिशत श्रमदानबाट पुल निर्माणको काम गरेका छौँ’, उनले भने, ‘प्राविधिक र निर्माण सामग्रीका लागि आवश्यक बजेट गाउँपालिकाले व्यवस्था गरेको छ ।’ 

उनले पुल निर्माणका लागि गाउँपालिकाले १५ लाख बजेट विनियोजन गरेको जानकारी दिए । पुल निर्माण भएपछि दसैँका अवसरमा पुल सञ्चालनमा आएको छ ।

‘पालिकामा सरसफाइ, कुलो निर्माण, विद्यालय र बाटोघाटो निर्माणमा पनि श्रमदान गरिएको छ’, अध्यक्ष गुरुङले भने, ‘यसले विकास निर्माणलाई पारदर्शी बनाउनेछ । जनसहभागिताका लागि नागरिक उत्साहित छन् ।’ 

उनले पालिकामा सबै विकास निर्माणका काममा श्रमदान गर्ने योजना रहेको र न्यूनतम १० प्रतिशत श्रमदान अनिवार्य गरेको बताए । 

यसअघि हरिपुर खोलामा राखिएको बेलिब्रिजको संरचना प्रयोग गरेर स्याङ्दी खोलमा पुल निर्माण गरिएको इच्छाकामना–७ का वडाध्यक्ष बमबहादुर रानामगरले जानकारी दिए । 

हरिपुर खोलामा अहिले पक्की पुल निर्माण भइसकेको छ । उनले बेलिब्रिज राख्नका लागि वडावासीले श्रमदान गरेको उनले बताए । 

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ११ : ४० बजे

ट्रम्पलाई भेट्न सी बुधबार अमेरिका जाने

बेइजिङ- चीनका राष्ट्रपति सी जिन्पिङले यसै साता अमेरिकी राष्ट्रपति डोनाल्ड

उद्योगमन्त्रीको जवाफ- ‘क्विक रेस्पोन्स टिम’ बनाएका छौँ, ग्यास अभाव हट्दै जान्छ

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहले ग्यास आपूर्ति

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरिएको छ । 

ओलीले प्रतिवेदनमै भने : कसैले बेमौसमी बाजा बजाउँदैमा नेतृत्व छाड्दिनँ (पूर्णपाठसहित)

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

एमाले बैठकमा ओलीको सिन्डिकेट : सहभागी नेताहरू भन्छन् ‘यस्तो अवस्था देखेको थिएन’

काठमाडौं- करिब छ महिनापछि बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा