काठमाडौँ उपत्यकाका सडक प्रायः सुनसान | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकाका सडक प्रायः सुनसान


६ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँबडादसैँअन्तर्गत नवमीका दिन आज काठमाडौँ उपत्यकाका सडक प्रायः सुनसान देखिएका छन् । 

सडकमा सवारी साधान पातलिएका छन् । स्थानीहरू घरघर दसैँ मनाउन व्यस्त रहेका र काठमाडौँ बाहिरबाट यहाँ पेसा-व्यवसाय गर्न आएकाहरू आफ्ना घर गाउँमा गएपछि सडकमा सवारी साधनको उपस्थिति कम देखिएको हो ।

घटस्थापनादेखि नै मानिसहरु काठमाडौँबाट जान थालेका थिए । अघिल्लो शनिबारदेखि दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिएका थिए ।

नवमीमा दिन अत्यावश्यकबाहेक सवारी साधन नचलाइने परम्पराका कारण पनि सडक खाली भएको हो । सडकमा निजी क्षेत्रका एकाध सवारी साधन मात्रै गुडेका देखिन्छन् भने पैदलयात्री पनि न्यून देखिन्छन् । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अहिले उपत्यकामा सवारी चाप अति कम रहेको र ट्राफिक व्यवस्थापनको स्थिति सामान्यतः रहेको जनाएको छ । नवमीका दिन आफ्ना सवारी सधानलाई धोइपखाली गरी पूजाआजा गरिन्छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  २ : ०८ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा गर्नुहोस्

काठमाडौं – हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक दिनको महत्व फरक छ।

आज २०८० साल मंसिर २२ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल मंसिर २२ गते शुक्रबार ।

रुसले आफ्ना शीर्ष नेताविरुद्ध जासुसी गरेको बेलायतको आरोप

लन्डन – बेलायत सरकारले बिहीबार रुसी सुरक्षा सेवामाथि आफ्ना शीर्ष

अनलाइन व्यापारको बहानामा ठगी गरेको आरोपमा युवक पक्राउ

काठमाडौं – अनलाइन व्यापारको बहानामा ठगी गरेको आरोपमा एक युवा

टीकापुर अस्पतालमा बिहान आठ बजेदेखि नै ओपिडी सेवा

कैलाली –टीकापुर अस्पतालले बिहान ८ बजेदेखि नै ओपिडी सेवा सुरु