संस्कृतिले सभ्य समाज निर्माण गर्न प्रेरित गर्छ : एमाले महासचिव पोखरेल | Khabarhub Khabarhub

संस्कृतिले सभ्य समाज निर्माण गर्न प्रेरित गर्छ : एमाले महासचिव पोखरेल


६ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

देउखुरी– नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले संस्कृतिले सभ्य समाज निर्माण गर्न प्रेरित गर्ने बताएका छन् । 

बडा दसैँ, शुभ दीपावली, छठ एवं नेपाल संवतका अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–१९ मा रहेको नयाँ पाइला पुनः स्थापना केन्द्रले आज आयोजना गरेको कार्यक्रममा उनले नेपाली संस्कृति र संस्कारले समाजलाई जोड्ने काम गरेको बताए।

संस्कृतिका नाममा फैलिएका विकृतिलाई युवा पुस्ताले हटाउँदै जानुपर्ने बताउँदै महासचिव पोखरेलले नेपालमा सीमाका कारण लागूपदार्थ दुर्व्यसनी बढ्दो क्रममा रहेकाले नेपाल सरकारले नियन्त्रणमा विशेष सावधानीपूर्वक अभियान नै थाल्नुपर्ने बताए। समाजमा बढ्दो दुर्व्यसनी हटाउनका लागि गृह मन्त्रालयको मात्रै पहलकदमी अपुग हुने भएकाले विद्यालय तहबाटै सचेतना अनिवार्य रहेको बताए। 

महासचिव पोखरेलले पछिल्लो समयमा घर परिवारका अभिभावकहरू कार्य व्यस्तताका कारण बालबालिकाको चासो नदेखाएका कारण दुर्व्यसनीको समस्या थप विकराल बन्दै गएकाले अभिभावकहरूले चासो बढाउनुपर्ने बताए।

कार्यक्रममा तुलसीपुर उपमहनगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले पालिकाकातर्फबाट लागूपदार्थ दुर्व्यसनी सचेतनाको कार्यक्रम बढाए पनि विद्यालय तहसम्म नै नपुग्दा प्रभावकारी बन्न नसकेको बताए। उनले प्रहरी सक्रियता र अभिभावक शिक्षा अनिवार्य रहेको बताए । 

प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख रामबहादुर केसीले युवा जनशक्ति लागू पदार्थ दुर्व्यसनीमा बढिरहेकाले यसको नियन्त्रणको सबैको सहयोग, चासो अपरिहार्य रहेको बताए ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ६ : ४५ बजे

बुद्धजन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन गरिने

लुम्बिनी – बुद्धको जन्मस्थल लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने

प्रविधिक समस्या देखिएको जहाज मर्मतपछि नियमित उडान सुचारु : वायुसेवा निगम

काठमाडौं – नेपाल वायुसेवा निगमले आफ्ना विमानहरूको उडानसम्बन्धी विभिन्न सञ्चारमाध्यममा

शहीद मार्गको बजेट काटेर सरकारले प्रतिशोध साँध्योः वर्षमान पुन

रोल्पा– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’

पदबाट किन नहटाउने भन्दै सरकारले कुलमानलाई सोध्यो चार बुँदे स्पष्टीकरण

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले

फिल्म ‘११ : ५५’को ट्रेलर सार्वजनिक, निर्देशक भन्छन्- फिल्ममा हरेक १५ मिनेटमा सस्पेन्स छ

काठमाडौं – केशव पाण्डेको डेब्यू निर्देशन रहेकाे फिल्म ‘११ :