भारतका पूर्वक्रिकेट कप्तान विशनसिंह बेदीको निधन « Khabarhub

भारतका पूर्वक्रिकेट कप्तान विशनसिंह बेदीको निधन


६ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतीय क्रिकेटका नायक तथा महान स्पिन बलर विशनसिंह बेदीको ७७ वर्षको उमेरमा निधन भएको छ । भारतीय खेलमन्त्री अनुराग ठाकुरले सोमबार बेदीको निधनले क्रिकेट खेलमा ‘अत्यन्त ठूलो क्षति’ भएको बताए । 

‘भारतीय क्रिकेट टिमका पूर्वकप्तान, बलर विशनसिंह बेदी रहनुभएन, जसलाई भारतले सधैँ सम्झिनेछ’, भारतीय किक्रेट कन्ट्रोल बोर्ड भारत (बीसीसीआई) का पूर्वअध्यक्ष ठाकुरले पत्रकारहरूसँग भने, ‘यो अत्यन्त दुःखद खबर हो र क्रिकेटका लागि अत्यन्त ठूलो क्षति हो, यो दुःखद घडीमा सम्पूर्ण क्रिकेट जगत् उहाँको परिवारको साथमा छ ।’

इरापल्ली प्रसन्ना, श्रीनिवास वेङ्कटराघवन र भागवत चन्द्रशेखरसहितको प्रसिद्ध चार स्पिन बलरमा समावेश विशनले सन् १९६७ देखि सन् १९७९ को बीच आफ्नो सानदार अन्तर्राष्ट्रिय करियरमा ६७ टेस्ट म्याचमा दुई ६६ विकेट लिएका थिए । 

बायाँ हाते स्पिन बलर बेदीले सन् १९७४ देखि सन् १०७९ सम्म १० वटा एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेका थिए । बेदी प्राय साथीहरू, क्रिकेट खेलाडी र खेलका कमजोर प्रशासकहरूको आलोचनामा स्पष्टवादी थिए । 

ठूलो पगरी र हँसिलो अनुहारका साथ उहाँ दिल्लीमा क्रिकेट कार्यक्रमहरूमा नियमित सरिक थिए तर पछिल्ला केही वर्षमा उहाँको खराब स्वास्थ्यका कारण उनलाई सक्रिय सामाजिक जीवनबाट टाढा राखेको थियो । 

दुई वटा विवाह गरेका बेदीका दुवै श्रीमतीबाट दुई छोरा र दुई छोरी छन् । उनका कान्छा छोराले सन् २००२ की मिस इन्डिया जितेकी अभिनेत्री तथा मोडल नेहा धुपियासँग विवाह गरेका हुन् । 

पाकिस्तानका पूर्वकप्तान इन्तिखाब आलमले उनको निधनमा दुःख प्रकट गरेका छन् । उनले भनेका छन्, ‘उहाँसँग मेरो धेरै सौहार्दपूर्ण र मित्रतापूर्ण सम्बन्ध थियो, उहाँ एक महान स्पिनर हुनुहुन्थ्यो, यो क्रिकेट र विशेषगरी भारत–पाकिस्तान क्रिकेटका लागि ठूलो क्षति हो ।’

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ७ : ११ बजे

रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

जसपा नेपाल र लोसपाबीच एकता हुने

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी

चन्दा सङ्कलन गरी ३३ फिट अग्लो शिव मूर्ति निर्माण हुँदै

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका स्थानीय चन्दा सङ्कलन गरी

एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न फागुन २१ गते

हात्ती ‘पेनाल्टी’ प्रतियोगितामा लक्ष्मीकली प्रथम

चितवन – सौराहामा सम्पन्न १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२