दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


६ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

 दिनभर आज उपप्रधानमन्त्री श्रेष्ठ ‘डिस्चार्ज’, राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा, पूर्वप्रधानमन्त्री खनाल स्वदेश फिर्ता, आज महानवमी, देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो, कागबेनीका बाढी प्रभावितको लागि ८० लाख संकलन, गहुँ आयात शुरु भएपछि उद्योगहरू पुनः सञ्चालनमा,  काठमाडौँ उपत्यकाका सडक प्रायः सुनसानलगायतका समाचारले प्रमुख स्थान पाए  । 

उपप्रधानमन्त्री श्रेष्ठ ‘डिस्चार्ज’
जनवादी गणतन्त्र चीन भ्रमणका क्रममा हृदयाघात भएपछि उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । उनी बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिटलमा पाँच दिनको उपचारपश्चात डिस्चार्ज भएका हुन् ।

राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा
राष्ट्रपति रामचन्द्र पौडेलले वडादसैँका अवसरमा नवदुर्गाको अवतारस्वरुप महानवमीको दिन आज नवकन्याको पूजाअर्चना गरेका छन् । विशेष समारोहकाबीच राष्ट्रपति पौडेलले शीतल निवासमा नवकन्याको पूजा गरेका हुन् ।

पूर्वप्रधानमन्त्री खनाल स्वदेश फिर्ता
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल स्वदेश फर्किएका छन् ।

चीनले बेइजिङमा आयोजना गरेको अन्तराष्ट्रिय सहकार्यका लागि तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागी भएर उनी आज स्वदेश फर्किएका नेकपा एकीकृत समाजवादीको केन्द्रीय विदेश विभाग सचिव डा शंकर खतिवडाले जानकारी दिए ।

आज महानवमी, देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
बडादसैँ अर्थात् नवरात्रको नवौँ दिन आज महानवमी पर्व नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।

प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी आज दसैँघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), देवीभागवत एवं देवी स्तोत्र पाठ गरी मनाइँदै छ ।

पोखराको पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कन्छ :  परराष्ट्र मन्त्री साउद
परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले पोखराको पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कने बताएका छन् । पोखराको तोरीपानीबाट फेवाताल किनारमा आज प्याराग्लाइडिङ गरेपछि उहाँले साहसिक पर्यटनलगायतका धेरै सम्भावना बोकेको पोखराको पर्यटन व्यवसायले आगामी दिनमा गति लिने विश्वास व्यक्त गरे ।

संस्कृतिले सभ्य समाज निर्माण गर्न प्रेरित गर्छ : एमाले महासचिव पोखरेल
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले संस्कृतिले सभ्य समाज निर्माण गर्न प्रेरित गर्ने बताएका छन् ।

बडा दसैँ, शुभ दीपावली, छठ एवं नेपाल संवतका अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–१९ मा रहेको नयाँ पाइला पुनः स्थापना केन्द्रले आज आयोजना गरेको कार्यक्रममा उनले नेपाली संस्कृति र संस्कारले समाजलाई जोड्ने काम गरेको बताए।

कागबेनीका बाढी प्रभावितको लागि ८० लाख संकलन
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बाढी प्रभावितलाई राहत जुट्ने क्रम जारी छ । गत साउन २८ गते कागखोलामा आएको बाढीबाट जायजेथा गुमाएकाको पुनःस्थापनाका लागि स्वतस्फुर्त सहयोग उठिरहेको हो ।

कागबेनी बस्ती पुनःस्थापना तथा संरक्षण समितिका संयोजक फेन्चोक छेप्तेन गुरुङका अनुसार जनस्तरबाट हालसम्म करिब रु ८० लाख संकलन भएको छ ।

गहुँ आयात शुरु भएपछि उद्योगहरू पुनः सञ्चालनमा
पूर्व क्षेत्रमा सञ्चालित मैदा उद्योगहरू गहुँको अभावमा बन्द हुने अवस्थामा पुगेको बेला गहुँ आयात शुरु भएपछि उद्योगहरू पुनः सञ्चालनमा आएका छन् ।

ढोरपाटन सिकार आरक्षमा चुनौती बन्दै जग्गा अतिक्रमण
नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा २०७३ साल अघिसम्म चोरी सिकारी प्रमुख चुनौतीका रुपमा थियो । तत्कालीन अवस्थामा आरक्षमा योजनाबद्ध रूपमै चोरी सिकारी हुन्थ्यो ।

काठमाडौँ उपत्यकाका सडक प्रायः सुनसान
बडादसैँअन्तर्गत नवमीका दिन आज काठमाडौँ उपत्यकाका सडक प्रायः सुनसान देखिएका छन् ।

सडकमा सवारी साधान पातलिएका छन् । स्थानीहरू घरघर दसैँ मनाउन व्यस्त रहेका र काठमाडौँ बाहिरबाट यहाँ पेसा(व्यवसाय गर्न आएकाहरू आफ्ना घर गाउँमा गएपछि सडकमा सवारी साधनको उपस्थिति कम देखिएको हो ।

त्रिकोणात्मक टि-२० : नेपाल पाँच विकेटले विजयी
राजधानीमा जारी त्रिकोणात्मक टि-२० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स ९यूएई० पाँच विकेटले पराजित गरेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ९ : ०२ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको