तुलसी विवाहको पौराणिक कथा « Khabarhub

तुलसी विवाहको पौराणिक कथा


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने भएकाले धेरैले ठुली एकादशी पनि भन्ने गर्दछन् ।

धार्मिक परम्पराअनुसार हरिशयनी एकादशीबाट चीर निद्रामा सुतेका विष्णु भगवान् आज उठ्ने विश्वासका साथ आजको एकादशीलाई विशेष मानिन्छ ।

आजको दिन तुलसीको विवाहको दिन पनि हो । वैदिक सनातन संस्कारमा तुलसी पूजाको ठुलो महत्व छ ।

मानिसको जन्म हुँदा होस् या मृत्यु हुँदा सनातनी संस्कारमा तुलसीको बिरुवा वा तुलसीको पातको प्रयोग हुँदै आएको छ ।

हिन्दु धर्मावलम्बीहरूले आँगनको छेउमा बनाएको तुलसीको मठलाई पवित्र स्थान मानिने चलन छ ।

तुलसी विवाहको पौराणिक कथा

पौराणिक किंवदन्ती अनुसार वृन्दा नाम गरेकी एक सद्गुणी स्त्री थिइन् । उनका पति जालन्धर क्रूर र भगवान विरोधी भएर त्रिलोकपति बनेर बसेका थिए ।

वृन्दाको पवित्रताका कारण उनका पति अजेय र शक्तिशाली रहेका थिए । जसको परिणाम महादेवले पनि उनलाई हराउन सकेनन् ।

त्यसपछि सबै देवताहरूको आदेशमा श्रीहरि (विष्णु)ले जालन्धरको रूप धारण गरी वृन्दाको पतिव्रत (सतीत्व) भंग गरिदिएको थाहा पाएर वृन्दाले आत्मदाह गरिन् ।

उनको खरानीको थुप्रोमाथि उम्रिएको एक वनस्पतिलाई विष्णुले तुलसीको नाम दिए । यस्तै सँगै रहेको एक ढुंगालाई आफ्नो रूप ठानी शालिग्रामको रुपमा प्रख्यात हुने बताए । फलस्वरुप कात्तिक शुक्ल एकादशीका दिन तुलसीको विवाह शालिग्रामसँग गरिदिने परम्परा बसेको मानिन्छ ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ७ : १६ बजे

पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा

काठमाडौं– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५२१ जना सवारीचालक सवारी

ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ

जनकपुरधाम– दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर चार करोड ठगी गरेको

सिनामङ्गलबाट साढे तीन मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन

काठमाडौं- ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित ६८८औँ हप्तामा

ब्राउन सुगरसहित एक जना पक्राउ

झापा– झापाको बिर्तामोडबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक जना

मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

जनकपुरधाम– यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब