अत्यावश्यकबाहेक सवारी साधन सडकमा ननिकाल्न प्रहरीको अनुरोध « Khabarhub

अत्यावश्यकबाहेक सवारी साधन सडकमा ननिकाल्न प्रहरीको अनुरोध


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज उपत्यकामा अत्यावश्यक काम बाहेक सडकमा सवारी साधन ननिकाल्न अनुरोध गरेको छ ।

आज राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, जनता बचाउँ महाअभियानले विभिन्न ठाउँहरूबाट र्‍यालीसहित प्रदर्शन गर्ने भएकाले सवारी आवागमनमा समस्या हुन सक्ने भएकाले सकेसम्म सवारी प्रयोग नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको हो ।

ट्राफिक प्रहरीले सडकमा निस्कन पूर्व १०० वा १०३ मा टेलिफोन गर्न  र ट्राफिक एफ.एम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन अनुरोध गरेको छ ।

ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने हुँदा ट्राफिक प्रहरीलाई आवश्यक सहयोग गर्न पनि अनुरोध गरिएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ८ : १९ बजे

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले

उत्तरी नाइजेरियामा सशस्त्र समूहको आक्रमण, ८७ जनाभन्दा बढी अपहरण

अबुजा- उत्तरी नाइजेरियामा शनिबारदेखि जारी सशस्त्र समूहको आक्रमणमा ८७ जनाभन्दा बढी

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन