परिवर्तनको रक्षाका लागि आन्दोलन : महेश बस्नेत | Khabarhub Khabarhub

परिवर्तनको रक्षाका लागि आन्दोलन : महेश बस्नेत


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका युवा नेता महेश बस्नेतले आफूहरूको आन्दोलन परिवर्तनको रक्षाका लागि भएको बताएका छन् ।

युवा संघले काठमाडौंको तीनकुनेमा आयोजना गरेको विरोध प्रदर्शन अघि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले अहिले बिभिन्न आन्दोलनबाट प्राप्त परिवर्तनमाथि प्रतिगामी तत्त्वबाट चुनौति खडा गर्ने प्रयास  हुन खोजेकाले त्यसका विरुद्ध आफूहरु आन्दोलनमा उत्रिएको बताए ।

उनले गणतन्त्रको विकल्प पुरानो व्यवस्था हुन नसक्ने स्पष्ट पारे । कथित राजतन्त्रवादीले गणतन्त्र ढाल्ने हल्ला गरेको र दुर्गा प्रसाईंजस्ता मान्छेलाई अघि सारेर अनावश्यक बहस सिर्जना गर्न खोजेको उनको भनाइ थियो ।

त्यस्तै, बस्नेतले राजनीतिक आग्रहका आधारमा सरकारले काम गर्न खोज्दा भ्रष्टाचार अन्त्य हुन नसकेको र सुशासन कायम हुन नसकेको बताए ।

उनले अहिलेको व्यवस्थामा देखिएका कमीकमजोरीलाई सुधार गर्दै बलियो बनाउँदै अघि बढ्नुपर्ने धारणा राखे । गणतान्त्रिक व्यवस्थामाथि आक्रमण हुँदा सबै भन्दा पहिला एमाले आक्रामक हुने उनको भनाइ थियो ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  १२ : ४७ बजे

फिल्म ‘खजुरे ब्रो’ प्रिमियर (तस्बिरहरू)

काठमाडौं – मोडल तथा पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहको

दैनिक हिँड्नुका फाइदा

हिँडाइ सबै भन्दा सहज शारीरिक अभ्यास मानिन्छ। हिँड्न मन पराउनेको

सन्दीपको आक्रोस- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासी चढाइयोस्

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै

सुहाङ आज सांसद पदको शपथ लिँदै

काठमाडौं– गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस