परिवर्तनको रक्षाका लागि आन्दोलन : महेश बस्नेत « Khabarhub

परिवर्तनको रक्षाका लागि आन्दोलन : महेश बस्नेत


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका युवा नेता महेश बस्नेतले आफूहरूको आन्दोलन परिवर्तनको रक्षाका लागि भएको बताएका छन् ।

युवा संघले काठमाडौंको तीनकुनेमा आयोजना गरेको विरोध प्रदर्शन अघि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले अहिले बिभिन्न आन्दोलनबाट प्राप्त परिवर्तनमाथि प्रतिगामी तत्त्वबाट चुनौति खडा गर्ने प्रयास  हुन खोजेकाले त्यसका विरुद्ध आफूहरु आन्दोलनमा उत्रिएको बताए ।

उनले गणतन्त्रको विकल्प पुरानो व्यवस्था हुन नसक्ने स्पष्ट पारे । कथित राजतन्त्रवादीले गणतन्त्र ढाल्ने हल्ला गरेको र दुर्गा प्रसाईंजस्ता मान्छेलाई अघि सारेर अनावश्यक बहस सिर्जना गर्न खोजेको उनको भनाइ थियो ।

त्यस्तै, बस्नेतले राजनीतिक आग्रहका आधारमा सरकारले काम गर्न खोज्दा भ्रष्टाचार अन्त्य हुन नसकेको र सुशासन कायम हुन नसकेको बताए ।

उनले अहिलेको व्यवस्थामा देखिएका कमीकमजोरीलाई सुधार गर्दै बलियो बनाउँदै अघि बढ्नुपर्ने धारणा राखे । गणतान्त्रिक व्यवस्थामाथि आक्रमण हुँदा सबै भन्दा पहिला एमाले आक्रामक हुने उनको भनाइ थियो ।

https://www.facebook.com/khabarhubofficial/videos/1006330493994436

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  १२ : ४७ बजे

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।

कांग्रेस महाधिवेशन: अमेरिका, क्यानाडा र अस्ट्रेलिया क्षेत्रबाट केन्द्रीय सदस्यमा चन्दा अधिकारीको उम्मेदवारी

काठमाडाैँ – नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिला: अमेरिका,

श्रमिकलाई चाडपर्व खर्च नदिए उजुरी गर्न श्रम विभागको आह्वान

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा

बाढी पहिरोले तीनवटै उत्तरी नाकामा व्यापार ठप्प, महँगीको मारमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– तीन प्रमुख व्यापारिक नाका आउजाउ गर्ने सडक अवरुद्ध हुँदा नेपाल

मस्कको स्टारलिङ्क आरोपमा भारतको जवाफ– ‘निष्पक्ष र गैरभेदभावपूर्ण’

नयाँदिल्ली- भारतले अर्बपति एलन मस्कको स्टारलिङ्कलाई देशमा सञ्चालन हुन नदिएको भन्ने