हिरासतमा रहेका दक्षिण कोरियाली खेलाडीलाई क्रिसमसअघि रिहा गर्न आग्रह « Khabarhub

हिरासतमा रहेका दक्षिण कोरियाली खेलाडीलाई क्रिसमसअघि रिहा गर्न आग्रह


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

सोल– दक्षिण कोरियाका फुटबल प्रशिक्षक जर्गेन क्लिन्सम्यानले विश्वकप फुटबल प्रतियोगिताका मिडफिल्डर सन जुन–होलाई क्रिसमसको समयमा रिहा गर्न चीन सरकारसँग आग्रह गरेका छन् ।

बेइजिङको विदेश मन्त्रालयले कुनै विवरण उल्लेख नगरी ३१ वर्षीय सनलाई ‘गैरराज्य कर्मचारहरूबाट घुस लिएको आशंकामा’ हिरासतमा लिइएको गत मे महिनामा बताएको थियो । दक्षिण कोरियाली मिडियाले सनलाई उत्तरपूर्वी प्रान्त लियोओनिङमा राखिएको तर त्यसपछि उनको अवस्थाबारे कुनै समाचार नआएको बताएको छ । 

सन् २०२१ देखि चिनियाँ सुपर लिग क्लब सेन्डोङ ताइसानसँग आबद्ध सनले सन् २०२२ मा कतारमा भएको विश्वकप प्रतियोगितामा आफ्नो मुलुकबाट चार खेलमध्ये तीन खेलमा सहभागिता जनाएका थिए ।  ‘अब हामीसँग क्रिसमसका लागि एउटै इच्छा छ सन जुन–होलाई रिहा गराउनु किनकीसनले गलत गरेको भनेर आजसम्म उनीहरूले केही पनि प्रमाणित गरेका छैनन्’, चीनमा मङ्गलबार भएको विश्वकप छनोट प्रतियोगितामा ३-० ले विजयी भएर दक्षिण कोरियामा ओर्लिएपछि जर्मनीका पूर्वखेलाडी क्लिन्सम्यानले पत्रकारहरूसँग भने, ‘त्यसैले हामीलाई आशा छ चीन सरकारले क्रिसमसभन्दा पहिला नै आफ्नो परिवारसँग भेट्न उनलाई रिहा गर्नेछ ।’

क्लिन्सम्यानले हिरासतमा रहेको भए पनि जुनमा दुई वटा मैत्रीपूर्ण खेलका लागि सनलाई आफ्नो टिममा समावेश गरेका थिए । कोरिया फुटबल एसोसिएसनले त्यो बेला सनको रिहाइका लागि अधिकारीहरूलाई चीन पठाएको तर खेलाडीका वकिल उनीहरूसँग कुराकानी गर्न ‘अनिच्छुक’ रहेको बताएको थियो । 

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  १ : ४५ बजे

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि