सबैभन्दा बढी आयकर दाखिला गरेबापत जनसचेतन सहकारी सम्मानित  | Khabarhub Khabarhub

सबैभन्दा बढी आयकर दाखिला गरेबापत जनसचेतन सहकारी सम्मानित 


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

दोलखा- दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्बर-५ मा रहेको जनसचेत बचत तथा ऋण सहकारी संस्था नेपाल सरकारलाई सबैभन्दा बढी आन्तरिक राजस्व (आयकर दाखिला) गरेबापत सम्मानित भएको छ।

बिहीबार आन्तरिक राजस्व कार्यालय धुलिखेल अन्तर्गत करदाता सेवा कार्यालय चरिकोटले १२ औँ राष्ट्रिय कर दिवस २०८०को कर सप्ताह कार्यक्रमको समापन गर्दै साकोसलाई सम्मान गरेको हो ।

साकोसले आर्थिक वर्ष २०७८/०७९ मा दोलखा जिल्लामै सबैभन्दा बढी करिब ८१ लाख रुपैयाँ नेपाल सरकारलाई राजस्व तिरेको संस्थाले जनाएको छ। करदाता सेवा कार्यालय चरिकोटले मंसिर १ गतेदेखि सुरु गरेको कर सप्ताहको बिहीबार मैनापोखरी कर सम्बन्धी अन्तर्क्रिया कार्यक्रम आयोजना गरी जनसचेतन सहकारीका कोषाध्यक्ष भरत केसीलाई सम्मान पत्र प्रदान गरेको थियो।

सम्मानपत्र करदाता सेवा कार्यालय चरिकोटकी कर अधिकृत सम्झना गौतमले हस्तान्तरण गरेकी थिइन। उद्योग वाणिज्य संघ मैनापोखरीको समन्वय आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा कर सम्बन्धी विभिन्न विषयमा उठेका जिज्ञासालाई कर अधिकृत गौतमले सहजीकरण गरेकी थिइन्। स्वच्छ पारदर्शी र प्रविधिमैत्री सामाजिक न्याय आर्थिक समृद्धि र सुशासन भन्ने नाराका साथ देशभर मंसिर १ गतेदेखि ७ गतेसम्म कर सप्ताह आयोजना गरिएको उनले बताइन्।

यस चालु वर्षको कात्तिक मसान्तसम्म करदाता सेवा कार्यालय दोलखाबाट ८ करोड ५४ लाख ७८ हजार ३ सय ९५ रुपैयाँ राजस्व सङ्कलन भएको कर अधिकृत गौतमले बताइन्।

यस आवको कात्तिक मसान्तसम्म बैंक भौचरबाट ४ करोड ९५ लाख ५७ हजार दाखिला भएको तथा ई पेमेन्टबाट ३ करोड ५९ लाख २१ हजार ३ सय ९२ रुपैयाँ दाखिला भएकाले कात्तिकसम्म ८ करोड ५४ लाख ७८ हजार ३ सय ९५ रुपैयाँ राजस्व सङ्कलन भएको बताइन्।

करदाता सेवा कार्यालयले आयकर,पारिश्रमिक आयकर,पुँजीगत लाभ कर व्यक्तिगत,आयकर सरकारी प्रतिष्ठान, आयकर पब्लिक, आयकर प्रा ली, सामाजिक सुरक्षा कर, बहाल कर, मूल्य अभिवृद्धि कर, ब्याज कर लगायतका राजस्व शीर्षकबाट उक्त राजस्व सङ्कलन गरेको हो।

सुबास बस्नेत

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  २ : ०२ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने