नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्ने शिक्षकविरुद्ध मुद्दा दायर « Khabarhub

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्ने शिक्षकविरुद्ध मुद्दा दायर


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पेश गर्ने शिक्षकलाई सजायका लागि विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।

रूपन्देहीको मुक्तिधाम आधारभूत विद्यालयका  शिक्षक डिलमाया कुमारी कँडेलले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पेश गरेको पाइएपछि मुद्दा दायर गरिएको हो ।

अख्तियार अनुसन्धान आयोगका अनुसार प्रा.वि. राहत शिक्षक कँडेलको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पेश गरेको पाइएको जनाइएको छ ।

कँडेलले मुक्तिधाम प्राथमिक विद्यालय, मिनमिनवा-९, विष्णुपुरा, रुपन्देहीमा प्रा.वि. राहत कोटको शिक्षक दरबन्दीमा नियुक्ति हुनका लागि माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट जारी भएको हाई स्कूल परीक्षा तहको झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी शिक्षकको हैसियतमा लाभ लिइएको आरोप छ ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको हुँदा निज सीता कुमारी यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको छ । 

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ४ : ०६ बजे

धरौटी नराखी व्यवसाय गर्न पाउनुपर्ने कन्सल्टेसी सञ्चालकको माग, सरकारको नयाँ नियमावलीमा असहमति

काठमाडौं– सरकारले कार्यान्वयनमा ल्याएको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी

वैदेशिक रोजगारीबाट फर्किएका आचार्य व्यावसायिक सागसब्जी खेतीमा रमाउँदै

इनरुवा– जिल्ला सदरमुकाम इनरुवा–८ का गणेश आचार्य वैदेशिक रोजगारीबाट फर्किएपछि व्यावसायिक

संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाद्वारा सरकारविरुद्ध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सुकुम्वासीहरूलाई उचित व्यवस्थापन बिना नै उठीबास लगाएको भन्दै संयुक्त

सुरुङ सञ्चालनअघि ‘मर्निङवाक’ गर्नेको रोजाइ बन्यो नागढुंगा-सिस्नेखोला लिंक रोड (तस्बिरहरू)

काठमाडौं– नागढुंगा–सिस्नेखोला सुरुङमार्गलाई कलंकी–नागढुंगा सडकखण्डसँग जोड्ने प्रमुख लिंक रोड अहिले बिहानको