केपी ओली कप क्रिकेट : सन्दीपले ४ विकेट लिदा बागमतीको फराकिलो जित « Khabarhub

केपी ओली कप क्रिकेट : सन्दीपले ४ विकेट लिदा बागमतीको फराकिलो जित


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.4k
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा जारी केपी ओली कप टि २० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी शुरुआत गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा १ सय ८५ रनको लक्ष्य पछ्याएको मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रेड’ १४ ओभर २ बलमा ७५ रनमा अलआउट भयो ।

एकेडेमी ‘रेड’ का लागि कप्तान अमर मिश्र र विजय प्रजापतिले सर्वाधिक समान १३–१३ रन बनाए । सन्तोष यादवले १२ रन बनाउँदा निर्मल थापाले १० रन बनाए ।

बागमतीका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । प्रतिश जिसीले २, सुभाष खत्रीले ३ विकेट र रिजन ढकालले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो । बागमतीका लागि ओपनर रित गौतमले सर्वाधिक ७४ रन बनाए । शुभ कंसाकारले २७, सन्दीप लामिछानेले १८, गौरव खड्काले अविजित १७ र प्रतीक श्रेष्ठले १४ रनको योगदान दिए ।

बलिङतर्फ एकेडेमी ‘रेड’ का विपर्सन केसीले ३ विकेट लिए । सन्देश थापा र सन्तोष यादवले १-१ विकेट लिए ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रीकेट मैदानमा आजबाट सुरु भएको प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरु नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ र मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ४ : २६ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म: अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको