जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–४ मा रहेको ताल गिडिदह प्रवर्द्धनका लाग पदमार्ग निर्माण गरिएको छ । गिडीदहमा पर्यटक बढाउने उद्देश्यले पदमार्ग निर्माणदेखि दहको सौन्दर्य र महत्वबारे थप प्रचारप्रसार सुरु गरिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाइँले बताए।
अप्ठ्यारो बाटो, उचित बासस्थानको अभावलगायतले गिडीदहमा पर्यटक जान कठिन छ । यहाँका सुन्दर पाटन, भेडीखर्क, तालतलैया, जडीबुटी र फूलको अवलोकनका लागि पर्यटक आकर्षित गर्न सकिन्छ । दहसम्म पुग्नका लागि पर्यटकीय पदमार्ग बनाउन सुरु गरिएको हो ।
पर्यटनमार्फत आर्थिक रूपमा समृद्ध बनाउने लक्ष्यसहित काम अघि बढाइएको वडाध्यक्ष अमर रोकायाको भनाइ छ । समुद्री सतहदेखि तीन हजार ४८२ मिटर उचाइमा अवस्थित गिडिदहमा दुईवटा दह (ताल) छन् ।
‘गिडीदहसम्म पुग्न बाटो ठूलो समस्या हो । त्यसपछि खान र बस्नको पनि समस्या छ’, वडाध्यक्ष रोकायाले भने । गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत तातोपानीका पर्यटकीय क्षेत्रलाई प्रवर्द्धन गर्ने नीति लिएको थियो ।
https://drive.google.com/file/d/1LDghVFZgTpGsm4dj65PrWMtGv_em-xLl/view?usp=drive_link
प्रतिक्रिया