दक्षिण पश्चिम पाकिस्तानमा ४ जना आतंकवादी मारिए « Khabarhub

दक्षिण पश्चिम पाकिस्तानमा ४ जना आतंकवादी मारिए


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद– पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा बिहीबार चार जना आतंककारीहरू मारिएका छन् ।  प्रहरीको आतंकवाद विरोधी विभागले गरेको कारबाहीमा चार आतंककारी मारिएको प्रहरीको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

सो घटना तुर्बत जिल्लामा भएको थियो । प्रहरीले एउटा कम्पाउन्डमा आतंककारीहरूको उपस्थितिको बारेमा गुप्तचर सूचनाको आधारमा कारबाही सञ्चालन गरेको थियो ।  

प्रहरीले छापा मार्दा आतंककारीहरूले प्रहरी माथि गोली प्रहार गरेका थिए भने, त्यसको जबाफी कारबाहीमा उनीहरू मारिएका हुन् । 

मारिएका आतंककारीबाट हतियार र गोलबारुद बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ । आतंककारीहरू सो प्रान्तमा आतंकवादी हमला र हत्यालगायत विभिन्न अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ५ : ३८ बजे

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब