नेचर इन्डेक्सको विश्वव्यापी विज्ञान सहर वरियतामा बेइजिङ पुनः शीर्ष स्थानमा | Khabarhub Khabarhub

नेचर इन्डेक्सको विश्वव्यापी विज्ञान सहर वरियतामा बेइजिङ पुनः शीर्ष स्थानमा


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– बेइजिङ पुनः विश्वको शीर्ष विज्ञान सहर बनेको नेचर इन्डेक्स ग्लोबल साइन्स सिटी २०२३ द्वारा बुधबार जारी वरियतामा उल्लेख छ ।

अठासी वटा उच्च गुणस्तर भएका शोध पत्रिकाहरूमा लेखहरूको लेखकत्वका आधारमा नेचर इन्डेक्सले मापन गर्दा बेइजिङ विश्वव्यापी विज्ञान सहरको वरियतामा पहिलो स्थानमा पुगेको यो लगातार सातौँ पटक हो ।  

शीर्ष १० सूचीमा बेइजिङपछि न्यूयोर्क महानगरीय क्षेत्र, साङ्घाई, बोस्टन महानगरीय क्षेत्र, सान फ्रान्सिस्को खाडी क्षेत्र, नानजिङ, बाल्टिमोर–वासिङ्टन, गुआङ्जाओ, टोक्यो महानगरीय क्षेत्र र वुहान रहेका छन् । 

बेइजिङबाहेक अन्य नौ चिनियाँ सहर विश्वका शीर्ष २० विज्ञान सहरमा परेका छन् । पछिल्लो तथ्यांकअनुसार कृत्रिम बौद्धिकतामा बेइजिङको पेटेन्ट स्टक विश्वमा पहिलो स्थानमा छ । बेइजिङमा प्रति १० हजार मानिससँग औसत दुई सय १८ दशमलव तीन आविष्कार पेटेन्ट छ । यो चीनमा पहिलो स्थानमा छ । 

“बेइजिङ र अन्य एसियाली सहर विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा तीव्ररूपमा अगाडि बढिरहेका छन्, यिनीहरूलाई यस क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने ठूलो आवश्यकता छ”, सिङ्घुवा विश्वविद्यालयका उपाध्यक्ष जेङ रोङले भने ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ६ : ५८ बजे

इजरायली आक्रमणमा मारिए सहासी पत्रकार अनस अल-शरीफ, अन्य पाँचको पनि हत्या

गाजा- आइतबार राति गाजा सहरमा इजरायली आक्रमणमा ६ जना पत्रकारको

आज २०८२ साल साउन २६ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन २६ गते सोमबार। भाद्र

झापामा करेन्ट लागेर एक युवकको मृत्यु

बनियानी – झापाको हल्दिबारी गाउँपालिकामा करेन्ट लागेर एक युवाको मृत्यु

बारा ट्राफिक प्रहरीद्वारा दुई करोड राजस्व सङ्कलन

बारा – जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ, बाराले आर्थिक वर्ष

युक्रेनमा रुसद्वारा ड्रोन आक्रमण, पाँच जनाको मृत्यु

किभ – युक्रेनमा रुसद्वारा गरिएको नयाँ गोलाबारी र ड्रोन आक्रमणमा