नेचर इन्डेक्सको विश्वव्यापी विज्ञान सहर वरियतामा बेइजिङ पुनः शीर्ष स्थानमा « Khabarhub

नेचर इन्डेक्सको विश्वव्यापी विज्ञान सहर वरियतामा बेइजिङ पुनः शीर्ष स्थानमा


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– बेइजिङ पुनः विश्वको शीर्ष विज्ञान सहर बनेको नेचर इन्डेक्स ग्लोबल साइन्स सिटी २०२३ द्वारा बुधबार जारी वरियतामा उल्लेख छ ।

अठासी वटा उच्च गुणस्तर भएका शोध पत्रिकाहरूमा लेखहरूको लेखकत्वका आधारमा नेचर इन्डेक्सले मापन गर्दा बेइजिङ विश्वव्यापी विज्ञान सहरको वरियतामा पहिलो स्थानमा पुगेको यो लगातार सातौँ पटक हो ।  

शीर्ष १० सूचीमा बेइजिङपछि न्यूयोर्क महानगरीय क्षेत्र, साङ्घाई, बोस्टन महानगरीय क्षेत्र, सान फ्रान्सिस्को खाडी क्षेत्र, नानजिङ, बाल्टिमोर–वासिङ्टन, गुआङ्जाओ, टोक्यो महानगरीय क्षेत्र र वुहान रहेका छन् । 

बेइजिङबाहेक अन्य नौ चिनियाँ सहर विश्वका शीर्ष २० विज्ञान सहरमा परेका छन् । पछिल्लो तथ्यांकअनुसार कृत्रिम बौद्धिकतामा बेइजिङको पेटेन्ट स्टक विश्वमा पहिलो स्थानमा छ । बेइजिङमा प्रति १० हजार मानिससँग औसत दुई सय १८ दशमलव तीन आविष्कार पेटेन्ट छ । यो चीनमा पहिलो स्थानमा छ । 

“बेइजिङ र अन्य एसियाली सहर विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा तीव्ररूपमा अगाडि बढिरहेका छन्, यिनीहरूलाई यस क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने ठूलो आवश्यकता छ”, सिङ्घुवा विश्वविद्यालयका उपाध्यक्ष जेङ रोङले भने ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ६ : ५८ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको