छायानाथमा नगरबस सञ्चालन | Khabarhub Khabarhub

छायानाथमा नगरबस सञ्चालन


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

मुगु– जिल्लाको एक मात्र नगरपालिका छायानाथ रारा नगरपालिकाले दुई वटा नगरबस सञ्चालनमा ल्याएको छ । छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले नगरपालिकाभित्रका जनतालाई सार्वजनिक यातायातमा सहज पहुँच पुर्‍याउन   नगर बस सञ्चालनमा ल्याएको बताएका छन् ।

भौगोलिक रूपमा बिकट रहेको मुगु जिल्लामा यातायातको भरपर्दो साधन नहुँदा जनतालाई नगरपालिका केन्द्रित औषधि उपचार, सरकारी तथा गैरसरकारी कामकाजका साथै आवश्यकीय  मालसामान  किनमेलका लागि  घण्टौँ हिँड्नुपर्ने  बाध्यता छ । यही कुरालाई मध्यनजर गर्दै जनताको आवश्यकता र मागअनुसार  सुलभ भाडादरमा दुई वटा नगरबस सञ्चालनमा ल्याएको उनले बताए।

अहिले दुई वटा नगरबस नगरपालिकाले सञ्चालन गरे पनि नगरभित्रका धेरैजसो वडामा सडक साँघुरो र अव्यवस्थित भएकाले आगामी वर्षमा व्यवस्थित सडक बनाई सबै वडावासीलाई समेट्ने गरी थप दुई नगरबस थपेर चार बस सञ्चालन गरिनेछ । 

नगरबस सञ्चालन कार्यविधिअनुसार बसमा यात्रा गर्ने ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र गर्भवतीलाई बस भाडामा छुटको व्यवस्था गरेको पनि प्रमुख प्रशासकीय अधिकृत पशुपति शाहीले जानकारी गराएका छन् ।

नगरले सञ्चालनमा ल्याएका दुई बसमध्ये एउटा बस नगरपालिकाको गमगढी, रुगा, लुम हुँदै बामसम्मका रुटमा चल्नेछ । अर्को बस गमगढी हुँदै रारा विमानस्थल, टोप्ला, पिना र राराको सल्लेरीसम्म चल्नेछ । गमगढी बजारबाट राराको सल्लेरीसम्म नगर बस सुलभ भाडादरमा चल्ने भएपछि राराको आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा मिल्ने नगरउपप्रमुख ऐश्वर्य मल्लले बताइन् ।

नगरपालिकाले नगर बैठकबाट नगर बसको विभिन्न बस्तीसम्मको भाडादर  कायम गरिएको छ । जसअनुसार गमगढीबाट बामसम्म  रु तीन सय, तुम गाउँ ३० रारा विमानस्थलसम्म एक सय ५०, रारा सल्लेरी रु दुई सय ५०, पिना तीन सय, बालै रु एक सय, कोटिला दुई सय रहेको छ । यसैगरी फुलीसम्म दुई सय सहुलियत भाडादर कायम गरिएको उपप्रमुख मल्लले बताए ।

    

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ७ : ०२ बजे

नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा

रास्वपाले गर्‍यो स्व पत्रकार रजकको परिवारलाई आर्थिक सहयोग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनकुने घटनामा निधन भएका पत्रकार

संसद्‍मा रास्वपाको अवरोधबीच मन्त्रालयअन्तर्गत विनियोजन बजेटमाथि छलफल

 काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका बीच प्रतिनिधिसभाको

काठमाडौं उपत्यकामा दैनिक मेलम्चीको पानी : मन्त्री यादव

काठमाडौं– खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा चौबीसै घण्टा स्वच्छ

सुर्खेतमा रास्वपाले जनताको हस्ताक्षर संकलन गर्दै 

सुर्खेत–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो तेस्रो स्थापना दिवसका अवसरमा