डिपफेक रोक्न भारतले नयाँ नियम बनाउने « Khabarhub

डिपफेक रोक्न भारतले नयाँ नियम बनाउने


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतका संघीय मन्त्री अश्विनी वैष्णवले बिहीबार डिपफेकको सामना गर्न सरकारले चाँडै नयाँ नियमहरू कार्यान्वयनमा ल्याउने बताए ।

मन्त्रीले यस्ता सामग्रीको सृजना र प्लेटफर्म दुबैलाई अनुसन्धानको दायरामा राखेर गलत देखिदा बित्तिकै कारबाही गरिने बताउँनु भएको छ । ‘नयाँ नियमहरू वा नयाँ कानून ल्याउने वा अवस्थित ढाँचालाई परिमार्जन गरेर यसको नियन्त्रण गरिने छ,’ वैष्णवले उल्लेख गरेका छन् ।

यसका लागि तत्काल काम शुरु हुने र अबको केही साताभित्र नियमावलीको मस्यौदा तयार गर्ने उनले बताए । मन्त्री वैष्णवले डीपफेकका विषयमा प्रतिक्रियाहरू बुझ्नका लागि शिक्षाविद्, उद्योगी निकायहरू र सामाजिक सञ्जाल कम्पनीहरूका प्रतिनिधिहरूसँग परामर्श गरिएको जनाकारी बताए ।

मन्त्रालयका अनुसार आगामी १० दिनभित्र डिपफेक पत्ता लगाउने, गलत सूचना फैलिन नदिने, प्रतिवेदन संयन्त्रलाई सुदृढ गर्ने र जनतामा चेतना जगाउने गरी चार किसिमले कारबाहीयोग्य वस्तु पहिचान गरिने छ ।

डिपफेक भनेको एआई उपकरणहरू प्रयोग गरेर अनुहार र शरीरलाई डिजिटल रूपमा परिवर्तन गर्नको लागि बनाइएको व्यक्तिको भिडियो हो जसबाट उनीहरू अरू कोही जस्तो देखिने गर्छन्। यो सामान्यतया दुर्भावनापूर्ण वा गलत जानकारी फैलाउने उद्देश्यले गरिन्छ।

भर्खरै सामाजिक सञ्जालमा भारतीय चलचित्र अभिनेत्रीहरूको यस किसमिले बनाइएका नक्कली भिडियोहरू देखा परेको छ जसले देशभर गहिरो आक्रोश पैदा गरेको छ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ८ : ४५ बजे

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस

भदौका लागि वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदर घट्यो

काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले आगामी भदौ महिनाका लागि मुद्दतीतर्फको नयाँ

भारतीय प्रधानसेनापति सेठ काठमाडौं आउँदै

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको

बस्तीमा आतंक मच्चाएको बाघ पाँच घण्टापछि नियन्त्रण

चितवन– चितवनको राप्ती नगरपालिका–१ डिपार्ट बस्तीमा बाघको आक्रमणबाट एकजना व्यक्ति तथा

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार