डिपफेक रोक्न भारतले नयाँ नियम बनाउने « Khabarhub

डिपफेक रोक्न भारतले नयाँ नियम बनाउने


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतका संघीय मन्त्री अश्विनी वैष्णवले बिहीबार डिपफेकको सामना गर्न सरकारले चाँडै नयाँ नियमहरू कार्यान्वयनमा ल्याउने बताए ।

मन्त्रीले यस्ता सामग्रीको सृजना र प्लेटफर्म दुबैलाई अनुसन्धानको दायरामा राखेर गलत देखिदा बित्तिकै कारबाही गरिने बताउँनु भएको छ । ‘नयाँ नियमहरू वा नयाँ कानून ल्याउने वा अवस्थित ढाँचालाई परिमार्जन गरेर यसको नियन्त्रण गरिने छ,’ वैष्णवले उल्लेख गरेका छन् ।

यसका लागि तत्काल काम शुरु हुने र अबको केही साताभित्र नियमावलीको मस्यौदा तयार गर्ने उनले बताए । मन्त्री वैष्णवले डीपफेकका विषयमा प्रतिक्रियाहरू बुझ्नका लागि शिक्षाविद्, उद्योगी निकायहरू र सामाजिक सञ्जाल कम्पनीहरूका प्रतिनिधिहरूसँग परामर्श गरिएको जनाकारी बताए ।

मन्त्रालयका अनुसार आगामी १० दिनभित्र डिपफेक पत्ता लगाउने, गलत सूचना फैलिन नदिने, प्रतिवेदन संयन्त्रलाई सुदृढ गर्ने र जनतामा चेतना जगाउने गरी चार किसिमले कारबाहीयोग्य वस्तु पहिचान गरिने छ ।

डिपफेक भनेको एआई उपकरणहरू प्रयोग गरेर अनुहार र शरीरलाई डिजिटल रूपमा परिवर्तन गर्नको लागि बनाइएको व्यक्तिको भिडियो हो जसबाट उनीहरू अरू कोही जस्तो देखिने गर्छन्। यो सामान्यतया दुर्भावनापूर्ण वा गलत जानकारी फैलाउने उद्देश्यले गरिन्छ।

भर्खरै सामाजिक सञ्जालमा भारतीय चलचित्र अभिनेत्रीहरूको यस किसमिले बनाइएका नक्कली भिडियोहरू देखा परेको छ जसले देशभर गहिरो आक्रोश पैदा गरेको छ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ८ : ४५ बजे

अपडेट : क्रान्स मोन्टानामा बार आगलागी, ४० जनाको मृत्यु

एजेन्सी– नयाँ वर्षको पूर्वसन्ध्यामा स्विस स्की रिसोर्ट सहर क्रान्स मोन्टानामा

प्रतिनिधिसभा निर्वाचन : सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता

अत्तरिया– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

धनकुटाको भेडेटार : अङ्ग्रेजी नयाँ वर्षमा पर्यटकको भीड (तस्बिरहरू)

काठमाडौं– पूर्वी नेपालको पर्यटकीय स्थल धनकुटाको भेडेटारमा अङ्ग्रेजी नयाँ वर्ष

साताको अन्तिम दिन १२ अंकले घट्यो नेप्से

काठमाडौं– साताको अन्तिम सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.८३

ओलीलाई जाँचबुझ आयोगले भन्यो- बयानका लागि पत्र काट्दैछौँ, नआए त्यतिबेलै कुरा हुन्छ

काठमाडौं– भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले